Home / Featured / काठमाण्डौ विश्वविद्यालयले सुरु गर्यो निःशुल्क ‘ओपन अनलाइन कोर्स’

काठमाण्डौ विश्वविद्यालयले सुरु गर्यो निःशुल्क ‘ओपन अनलाइन कोर्स’

काठमाण्डौँ विश्वविद्यालयले नेपालमै पहिलो पटक ओपन अनलाइन कोर्सहरु सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयले यस ओपान अनलाइन कोर्सलाई पाठ्यक्रम सामग्रीहरु अनलाइनमा राखेर जोकोहीले जाहाँसुकैबाट निःशुल्क अध्ययन गर्न सक्ने पहलको रुपमा लिएको छ ।

यस प्रोजेक्टलाई क्यानडाको आइडिआरसी र फिलिपिन्सको एफआइटी–इडीले सपोर्ट गरेका छन् । एक वर्षे लामो यस प्रोजेक्टलाई ‘एमओओसी फर हाइअर एजुकेशन इन नेपाल’ नाम दिइएको छ । काठमाण्डौ विश्वविद्यालयका अनुसार यसका लागि मुडल नामक लर्निङ म्यानेज्मेन्ट सिस्टमको प्रयोग गरिएको छ । कोर्सको अफिसल वेबसाइटको रुपमा  http://mooc.ku.edu.np रहेको छ । विश्वविद्यालयको यो कन्सेप्ट ‘म्यासिभ ओपन अनलाइन कोर्स’ छोटकारीमा एमओओसी बाट प्रभावित भएको छ ।

काठमाण्डौ विश्व विद्यालयअन्तर्गत कम्प्युटर साइन्स र इन्जिनियरिङ विभागका सहायक प्रध्यपकद्वय मनोज शाक्य र सुशिल श्रेष्ठका अनुसार शिक्षा प्रविधिमैत्री बन्दै गएपछि अहिले विद्यार्थीले डिजिटल कन्टेन्टका लागि अनलाइन रिजिस्टर गर्ने कुरा सामान्य बनिसकेको छ भने निःशुल्क लर्निङ रिसोर्स धैरै लोकप्रिय भएका छन् ।

विश्वमा सन् २००८ मा एमओओसीको कन्सेप्ट विकास भएको हो भने विगात ३ वर्ष यता विश्वका २ करोड ५० लाखभन्दा बढी मानिसले यस पद्दतिबाट शिक्षा लिइरहेका छन् । यस्ता एमाओओसीमा आधारित कोर्सहरु कोर्सेरा, इडीएक्सजस्ता प्लाटर्फमहरु रहेको कुरा पनि शाक्य र श्रेष्ठले जनाएका छन् ।

Check Also

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा चौधरीले पाए मोटरसाइकल उपहार

‘दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार’ योजनाअन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्रविक्रम चौधरीले पाएका …

मोबाइलमै कल ब्रेक र जुटपत्ति खेल्नुहोस्, हाम्रो पात्रोले ल्यायो तास खेलको नयाँ एप

लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय …

One comment

  1. I created account and checked the available courses. If they can add some courses on Web Design and Web Development like HTML5, CSS3, WordPress Development, PHP, Angular JS, React JS, Node.js and provide some certification to the participant that would be awesome.

Leave a Reply

Your email address will not be published. Required fields are marked *