Home / Featured / लेटेस्ट फिचरसहितको बजेट स्मार्टाफोन लाभा ‘ए थ्रि मिनी’ नेपालमा सार्वजनिक

लेटेस्ट फिचरसहितको बजेट स्मार्टाफोन लाभा ‘ए थ्रि मिनी’ नेपालमा सार्वजनिक

लाभाले नेपालमा ए थ्रि मिनी नामक बजेट स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । लाभाले केही महिनाअघि सार्वजनिक गरेकोे ए थ्रि स्मार्टफोको मिनी भर्सनको रुपमा ए थ्रिलाई बजारमा ल्याएको हो ।

स्मार्टफोनमा ५.० इन्च आइपिएस डिस्प्ले रहेको छ जसलाई पान्डा ग्लास र २.५ डि आर्क ग्लासले कभर गरेको छ । ए थ्रि मिनीका मुख्य फिचरहरुमा १.५ गिगाहर्ज ६४ बिट क्वाड–कोर मिडियाटेक ६७३७ टि प्रोसेसर, माली टि ७२० जिपियु, १६ इन्टर्नल स्टोरेज, ६४ जिबीसम्म एसडी कार्ड सपोर्ट,२ जिबी र्याम, सोनी आइएमएक्स २५८ सेन्ससहित १३ मेगाफिक्सल रिअर क्यामेर, एलइडी फ्लाससहित ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, फोर जी कनेक्टिभिटी, डुअल सिम, फिङ्गरप्रिन्ट स्क्यानर, एन्ड्रोइड ७.० नगट अपरेटिङ सिस्टम रहेको छ ।

यस फोनमा रहेको फिङ्गरप्रिन्ट स्क्यानरले केवल ०.२६ सेकेन्डमै फोनलाई अनलक गर्दछ । यसैगरी, २७ सय एमएएचको झिक्न नमिल्ने ब्याट्रीको प्रयोग गरिएको छ । फोनको बजारमूल्य रु १६ हजार ९ सय ९९ रहेको छ ।

Check Also

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको …

‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा अवलाेकनकर्ताकाे उल्लेख्य उपस्थिति

  राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *