Home / Featured / मेइजु एम ३ नोट

मेइजु एम ३ नोट

मेइजु एम ३ नोेट एक फ्याबलेट आकारको आकर्षक स्मार्टफोन हो । ५.५ इन्चको फूल एचडी डिस्प्ले यसमा रहेको छ ।

मिडियाटेकको हेलियो पी१० अक्टाकोर प्रोसेसर प्रयोग गरिएको यस मेइजु एम ३ नोट २ संस्करणमा उपलब्ध हुनेछ । २ जिबी र्याम प्रयोग गरिएको संस्करणमा १६ जिबी आन्तरिक मेमोरी रहनेछ भने ३ जिबी र्याम प्रयोग गरिएको संस्करणमा ३२ जिबीको आन्तरिक मेमोरी रहन्छ । माइक्रो एसडी कार्डको प्रयोग गरेर यसमा २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ ।

एम ३ नोट स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा रहनेछ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा यसमा जडान गरिएको छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा चल्ने यस मोडलमा फिङगरप्रिन्ट सेन्सर समेत रहेको छ । यसका अलावा यस स्मार्टफोनमा ४१०० एमएएचको शक्तिशाली ब्याट्री प्रयोग गरिएको छ ।

यस स्मार्टफोनलाई सक एवम् स्क्रयाच प्रुफ बनाउनका लागि डाइनोरेक्स टि२ एक्स १ नामक सक एवम् स्क्रयाच रेसिस्टेन्ट ग्लासको प्रयोग गरिएको छ । सुनौलो, सेतो र खैरो तीन रंङमा उपलब्ध यस मेइजु एम३ नोटको मूल्य नेपाली बजारमा २४ हजार ९ सय ९५ तोकिएको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *