Home / Featured / मतदाता परिचयपत्रमा क्युआर कोड, प्यान्टोग्राफलगायतका सुरक्षा प्रविधि प्रयोग गरिने

मतदाता परिचयपत्रमा क्युआर कोड, प्यान्टोग्राफलगायतका सुरक्षा प्रविधि प्रयोग गरिने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर छपाउन लागेको फोटोसहितको मतदाता परिचयमत्रमा सुरक्षा प्रविधि प्रयो गर्ने भएको छ । अयोगले परिचयपत्रमा क्यूआर कोड, प्यान्टोग्राफ, माइक्रोेटेक्स्ट र डिफ्युजको प्रयोग गर्न लागेको हो ।

निर्वाचन आयोगका अनुसार नयाँ परिचय पत्रमा भिसा र पासपोर्टमा प्रयोग हुने सुरक्षा प्रविधिहरु प्रयोग गरिने छन् । यसले गर्दा स्क्यानिङ तथा फोटोकपी गर्दा परिचयपत्र सक्कली वा नक्कली छुट्याउन सकिने छ ।

क्युआर कोडको प्रयोग गरिने भएकाले मतदाताको सम्पुर्ण जानकारी क्युआर कोड स्क्यान गरेर थाहा पाउन सकिने छ । स्तरीय कागजमा छापिने यस पटकको रंगीन परिचयपत्रमा मतदाताको फोटो सहितको व्यक्तिगत विवरण र मतदानस्थल उल्लेख गरिएको हुनेछ ।

Check Also

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको …

‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा अवलाेकनकर्ताकाे उल्लेख्य उपस्थिति

  राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *