Home / Featured / विकास उधमीको ‘पढ्न जाने’ मोबाइल एप्लिकेसन सार्वजनिक

विकास उधमीको ‘पढ्न जाने’ मोबाइल एप्लिकेसन सार्वजनिक

नेपाल र विदेशमा उच्च शिक्षा पढ्न चाहनेहरुलाई चाहिने सबै जानकारीहरु एकैठाँउमा


एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा Padnajane टाइप गरेर वा  तथा वेबएप http://www.padhnajane.com मा हेर्न सकिने यो अनलाइन स्रोतले नेपाल¸ अमेरिका¸ जापान र अष्ट्रेलियमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युटहरु, कलेज¸ युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्‍याउने उद्देश्य लिएको छ ।

यसका साथै एप्लिकेसन प्रकृया¸ विदेश जान चाहिन सामाग्रीहरू तथा विदशमा बस्दा बिचार पुर्याउनुपर्ने कुराहरूको बारेमा पनि यसले जानकारी दिन्छ ।

यसको निर्माण सर्च ईन्जिनको सुविधामार्फत ४०० भन्दा धेरै TVET स्कुल¸ १००० कलेजहरु¸ ४०० युनिभर्सिटीहरु र १६०० भन्दा धेरै फन्डिङ अवसरहरुबाट छानेर त्यहाँको डिग्री¸ विषय¸ लोकेसन¸ तिर्नुपर्ने पैसा¸ पुर्याउनुपर्ने सर्तहरू तथा डेडलाइनको आधारमा फिल्टर गर्न सकिन्छ ।

म्याच मेकिङ सुविधाबाट आफ्नो शैक्षिक तह¸ इच्छा र आर्थिक हैसियतअनुसार आफूलाई सुहाउँदो युनिभर्सिटी सँग म्याच गर्न पनि सकिन्छ । विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन¸ मनपरेको शैक्षिक संस्था¸ छात्रवृत्ति र अन्य जानकारीहरुलई फेबरेट बनाएर सेभ गर्न सक्छन् ।

एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईनहरु सकिन लागेको बारेमा नोटिफिकेसन आँएछ । यतिमात्र नभई विदेश जानेहरुलाई पर्सनल स्टेटमेन्ट¸ रिज्युमी तथा अन्य कुराहरू लेख्ने टिप्स दिएर व्याक्तिगत पोर्टफोलियो बलियो बनाउन पनि यसले मद्धत गर्छ ।

देशहरुसँग सम्बन्धित छुट्टाछुट्टै जानकारीहरुले निवेदन दिने विद्यार्थीहरूलाई विदेशमा ध्यान दिनुपर्ने कुराहरु¸ स्वास्थ्य टिप्स¸ लगायत अन्य सुरक्षासँग सम्बन्धी जानकारीहरू पनि यसले प्रदान गर्दछ ।

संवाद गर्न मिल्ने अल्टरनेटिभ डिस्कसन फोरमले विभिन्न देशहरूमा भएका विद्यार्थीहरूलाई एकआपसमा सूचनाहरू आदानप्रदान गर्न र सेयर गर्न पनि सहयोग पुर्याउँछ ।

 

पढन् जाने एल्लिकेसनको प्रयोगबाट विकास उद्यमीले छरिएर रहेका उच्च शिक्षाका अवसरहरुलाई एकैठाँउमा ल्याउँदै त्यसको जरुरी पर्ने विद्यार्थीहरुलाई एकैठाँउबाट अपडेटेड सूचनाहरुको पँहुच दिने उद्देश्य लिएको छ । यसले विद्यार्थीहरूलाई आफूले पढ्ने विषय¸ युनिभर्सिटी र स्रोत तथा साधनहरूको बारेमा आवश्यक तयारी गर्न  पनि सहयोग गर्नेछ ।

पढ्न चाहनेहरु सूचनाकै कारणबाट पढ्नमा वञ्चित नहुन् भन्नेनै यसको प्रमुख उदेश्य हो । चाँडैनै यो अनलाइन स्रोतले अन्य देशहरु थप्ने तथा नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति सुविधाको पनि व्यवस्था गर्दैछ ।

बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनी सँगको सहकार्यमा विकाश गरेको हो ।

विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलहरु संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरूले फरक तरिकाले विकास गर्नको लागि उद्यमशील सोचहरु साटासाट गर्छन् । नेपालमा सकारात्मक परिवर्तन प्राप्त गर्नको लागि भएका र बढ्दै गरेका चुनौतिहरुको सामना गर्न नवीन र स्मार्ट समाधानका बाटो खोजी फरक ढङ्गबाट विकासको डिस्कोर्स/छलफलमा युवाहरूलाई सहभागी गराउने यसको लक्ष रहेको छ ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *