Home / Featured / सिइएस २०१७ मा आकर्षक नयाँ प्रविधिहरु प्रदर्शनीमा

सिइएस २०१७ मा आकर्षक नयाँ प्रविधिहरु प्रदर्शनीमा

main-weird-and-wonderful-gadgets-from-ces-2017

यस वर्षको सिइएस मेला शुक्रवारदेखि अमेरिकाको लस भेगसमा सुरु भएको छ । कन्ज्युमर इलेक्ट्रिोनिक्स शो २०१७ मा यस वर्ष थुप्रै नया र आकर्षक प्रविधिहरु सार्वजनिक भइरहेका छन् । यो शो विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स मेला हो ।

यो एक्स्पोमा विश्वभरका मानिसहरु अवलोकनको लागि पुग्ने गरेका छन् । कम्पनीहरुले आफ्ना नयाँ र इनोभेटिभ प्रडक्टहरु यहि कार्यक्रम मार्फत सार्वजनिक गरिरहेका हुन्छन । शुक्रवारदेखि शुरु भएको एक्स्पो दर्जनौ आकर्षक उत्पादनहरु प्रदर्शनीमा देखा परेका छन् ।

ces-2017-main
यो शोमा २१ इन्चको एसरको कर्भ ल्यापटप सार्वजनिक भएको छ । यो ९ हजार डलर मुल्यको महंगो ल्यापटप हो । एसर प्रेडाटर २१ एक्सको ल्यापटप शत्तिशाली गेमिङ ल्यापटप हो, जुन एकदमै गहुंगो छ ।

यसैगरी एकदमै हलुका बिजनेश नोटबुक पनि एक्स्पोमा सार्वजनिक भएको छ । मेलामा आखामा लगाएर प्रयोग गर्ने भिआर खुटटामा जुत्ताको रुपमा प्रयोग गर्न सकिने गरि नया प्रडक्टको रुपमा सार्वजनिक भएको छ, जसले भिन्नै अनुभव गराउने छ । सिइएसमा आसुसका थ्रिएक्स जुम र कर्भ स्मार्टफोन पनि सार्वजनिक भएका छन ।

acer-predator-21x-ces2017-014
एक्स्पोमा एलजीको एकदमै पालतो नया ओएलइडी टिभी सार्वजनिक भएको छ, जुन भित्तामा केवल सिक्का जस्तोरुपमा टास्न सकिन्छ । एक्स्पोमा हुवावे मेट ९ स्मार्टफोन सार्वजनिक भएको छ । सोनी, सामसुङहरुले नया इलेक्ट्रोनिक्स प्रडक्टहरु सार्वजनिक गरिरहेका छन् । स्मार्ट लौरो, स्मार्ट काइयो जस्ता आकर्षक प्रडक्टहरु सार्वजनिक भएका छन् । रोबोट, ड्रोन, कारमा समेत एकदमै नया प्रविधिहरु सिइएसमा सार्वजनिक भएको देख्न सकिन्छ ।

kerastase-hair-coach-1229-002

lg-w7-oled-tvthumb

Check Also

NMB-bank-donate-drone-to-ne

ट्राफिक व्यवस्थापन गर्न ड्रोनको प्रयोग गरिने

त्यही जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ । …

300_0930

माघ १३ देखि हुने ‘सुबिसु क्यान इनफोटेक २०१७’ को तयारी तीव्र, यस्ता छन् विशेष आकर्षण

क्यान महासंघको आयोजनामा २३औं संस्करणको बृहत् सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आगामी माघ १३ गतेदेखि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *