Home / Featured / ग्रिनोभेसन स्टार्टअप च्यालेन्ज २०१६ सम्पन्न

ग्रिनोभेसन स्टार्टअप च्यालेन्ज २०१६ सम्पन्न

नेपाल आन्टरप्रिनर्स हवले डब्ल्यु डब्ल्यु एफको सहकार्यमा ग्रिनोभेसन स्टार्टअप च्यालेन्ज २०१६ को आयोजना सम्पन्न गरेको छ । नोभेम्बर २० मा अन्नपुर्ण होटलमा आयोजना भएको फाइनल प्रतिस्प्रधामा चार उत्कृष्ट समुहलाइ १ लाख ५० हजारको दरले सहयोग प्रदान गरिएको छ । १६० आवेदनहरुबाट ५४ उत्कृष्टलाइ छानेर विभिन्न १२ समुहमा विभाजन गरि ग्रिन इनोभेसनको थिममा आइडियाहरु डिजाइन गरिएको थियो ।

अन्तिम प्रतिस्प्रधामा समावेश १२ समुहले नोभेम्बर १७ देखि १९ तारिखसम्म ५४ घन्टा लगाएर तयार पारेको विजनेश कन्सेप्ट फाइनल प्रतिस्प्रधामा प्रस्तुत गरेका थिए । अन्तिम प्रतिस्प्रधाबाट ग्राउण्ड एप्पल, टायर, सिस्नो नेपाल र हरियो चुल्हो समुह उत्कृट भएका थिए ।

greenovation2
उत्कृष्ट ४ समुहलाइ उद्योग सचिव शंकर प्रसाद कोइरालाले प्रति समुह १ लाख ५० हजारको दरले पुरस्कार (सिड मनि) प्रदान गरेका थिए । उक्त रकमले विजेता समुहले प्रस्तुत गरेको कन्सेप्ट र आइडियामा काम गर्नुपर्ने हुन्छ । हरियालीलाइ प्रवद्धन गरि नया ढंगले विजनेश गर्ने आइडियाहरु उक्त कार्यक्रममा प्रस्तुत भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी सचिव कोइरालाले अब उद्योग मन्त्रालयले यस्ता जोश जागर भएका युवाहरुलाइ सहयोग गर्ने बताए । नया कन्सेप्ट र प्रपोजल लिएर आउनेलाइ मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

hariyo-chulho-2

आयोजक आन्टरप्रिनर्स हबले योसगै स्टार्टअप विकेन्ड जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यहि आउदो जुलाईमा बिश्वबिध्यालय स्तरीय स्टार्टअप च्यालेन्ज कार्यक्रम आयोजना गर्ने एनइ हुबले जानकारी दिएको छ ।  डब्ल्यु डब्ल्यु एफले पनि अब नया कन्सेप्टमा काम गर्न थालेको र युवा र उद्यमशिलताको क्षेत्रमा हामिहरु उत्साहित भएको डब्ल्युडब्ल्युएफका सन्तोस मणि नेपालले बताए ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *