Home / Featured / आइफोन सेभेन र सेभेन प्लसका विशेष संस्करणको ‘आइफोन रेड’ उपलब्ध

आइफोन सेभेन र सेभेन प्लसका विशेष संस्करणको ‘आइफोन रेड’ उपलब्ध

काठमाडौं, चैत्र १८, २०७३ । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलका आधिकारिक उत्पादनहरु बजारमा वर्षौं देखि बितरण गर्दै आएको छ । यसले भर्खरै एप्पलको विशेष संस्क
रण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ ।

विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर ताकिएको छ ।

आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि ग्राहकहरुलाई अनुरोध गरेको छ ।
ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag-imei हेरेर र एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सकिने जनाएको छ ।

Check Also

स्टार्टअप स्टाेरी : डिजाइनर दाजुभाइको डिजाइनप्याक

गाउँको स्कुले जीवन सकेर काठमाडौंको कुनै निजी कलेज पढेर सक्दासम्म भविष्यका लागि कुनै ठोस योजना …

टेलिकमका डाटा प्याकेज अब अनलाइनबाट खरिद गर्न सकिने

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *