Home / Featured / ‘३३ अर्ब ल्याउ फास्ट ट्रयाक आफै बनाउँ ’

‘३३ अर्ब ल्याउ फास्ट ट्रयाक आफै बनाउँ ’

निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी पूँजीगत लाभकर नबुझाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नागरिक अधिकार अभियानले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै बिरोध कार्यक्रम गरेको हो ।

सरकारले ३३ अर्ब करबाट एनसेललाई मुक्ति दिन खोजिएपछि चौतर्फी बिरोध भएको छ । भद्रकालीमा भएको कार्यक्रममा विभिन्न संघसस्थामा कार्यरत युवाहरुको सहभागिता थियो । उनीहरुले एनसेल बिरोधी, सरकारको नीतिगत भ्रष्टाचारविरोधी नारा भएको पम्प्लेट बोकेका थिए । ‘कर छल्न पाईदैन, एनसेल हाम्लाई चाहिदैन् ।’ पम्प्लेटमा लेखिएको थियो । –‘३३ अर्ब ल्याउ फास्ट ट्रयाक आफै बनाउँ ।’

बिरोध कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राज्यलाई कर तिर्ने दायित्वबाट कुनै पनि संस्थाले उन्मुक्ति नपाउने तर्क गरे ।‘ एनसेलले नतिरेको ३३ अर्ब करले देशमा धेरै हाइड्रोपावर बन्छ । विमानस्थल बन्छ । फास्ट ट्रयाक बन्छ ।’ उनले भने –‘ ती बनेमा धेरै युवाहरुले रोजगार पाएर खाडीमा श्रम बेच्नु पर्दैन् ।’

प्रदर्शनमा अभियानका सदस्य हरिराम रिमालले कर नतिर्ने, नतिराउनेविरुद्धको अभियान जारी रहने बताए । उनले भने, ‘अधिकार छ भन्दैमा सरकारले नीतिगत भ्रष्टाचार गर्ने र लाभ उठाउने तत्वहरु हावी हुने हो भने जनता सडकमा उत्रनेछन् । ’

स्रोत – नेपालआज

Check Also

एनटिसीले पनि अब एनसेलले जस्तै लोनको सुविधा दिने

नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध …

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *