Home / Featured / पोखरामा MSAG एक्सचेञ्जको सुरुवात

पोखरामा MSAG एक्सचेञ्जको सुरुवात

सूचना तथा सञ्चार मन्त्री माननिय सुरेन्दकुमार कार्कीले आज २०७३ पौष २४ गते पोखरा उपमहानगरपालिका वार्ड नं १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको MSAG एक्सचेञ्जको उद्घाटन गरेका छन । उहाँले पु्म्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गरेका हुन  ।

सो अवसरमा उनले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले  सहयोग गर्ने बताए । नेपाल टेलिकमसँग बलियो पुर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताए ।

सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै उहाँले नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेको बताए । उहाँले पोखरा नगरलाई वाइफाइ फ्रि जोनको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने औल्याएका थिए ।

उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन । उनले एक्सचेञ्जको समुद्घाटनका अवसरमा रु पचास बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएकोसमेत जानकारी दिइन ।

उक्त अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले अतिथिहरुको स्वागत गर्दै सो एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको उहाँले जानकारी दिए । सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा प्mयाक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने जानकारी उनले दिए ।

उक्त अवसरमा सो क्षेत्रका सभासद शारदा पौडेल, कम्पनी प्रमुख ब्यावसायिक अधिकृत प्रदीप राज उपाध्याय, स्थानीय वासिन्दा,व्यवसायी,समाजसेवी लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *