Home / Featured / ओप्पोले २०+८ मेगापिक्सलको डुअल फ्रन्ट सेल्फी क्यामेरा स्मार्टफोन सार्वजनिक गर्ने

ओप्पोले २०+८ मेगापिक्सलको डुअल फ्रन्ट सेल्फी क्यामेरा स्मार्टफोन सार्वजनिक गर्ने

सेल्फी क्यामेरा फोनका लागि चिनिएको ओप्पोले डुअल फ्रन्ट क्यामेरासहितका क्यामेरा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । उसले ओप्पो एफ ३ र एफ ३ प्लस स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको हो ।oppo

ग्याजेट्स स्नो डटकमका अनुसार एफ ३ प्लसमा भने एलइडी फ्लासका साथै डुअल फ्रन्ट फेसिङ क्यामेरा सवावेश हुनेछ । उसका अनुसार ओप्पो एफ ३ मा ५.५ इन्च एचडी डिस्प्ले, क्वाल्कम स्नाप्ड्रगन ६५३ प्रोसेसर, ४ जिबी र्याम, ३२ जिबी इन्टर्नल स्टोरे, २० मेगापिक्सल फ्रन्ट क्यमेरालगायतका फिचर हुनेछन् ।

यसैगरी, ओप्पो एफ ३ प्लसमा भने ६ इन्च फुल एचडी डिस्प्ले, ६ जिबी र्याम, ६४ जिबी इन्टर्नल स्टोरेज रहेनेछ भने २०+८ मेगापिक्सलको डुअल फ्रन्ट क्यामेरा हुनेछ । यो स्मार्टफोन सेल्फीका लागि अहिलेसम्मकै सशक्त स्मार्टफोन हुनेछ । यद्यपि, ओप्पोले भने यी स्मार्टफोन सार्वजनिक हुने मिति र फिचरका बारे आधिकारिकरुपमा बताइसकेको छैन ।

Check Also

मोबाइल रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक दिने ‘रीचार्जर’ एप नेपालमा

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको रीचार्जर (Reecharger) नामक मोबाइल एप मार्फत मोबाइल रिचार्ज गर्दा …

स्मार्ट टेलिकमले पनि पायो फोरजी सञ्चालनको अनुमति, साउन १५ देखि सेवा दिने

नेपाल दूर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई चौथो पुस्ताको फोरजी इन्टरनेट सेवा सञ्चालन अनुमति दिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *