Home / Featured / आइसिटी मार्केटमा स्थापित हुदै – फाल्कोन इन्टरनेशनल (नेटिस)

आइसिटी मार्केटमा स्थापित हुदै – फाल्कोन इन्टरनेशनल (नेटिस)

इन्टरनेटको माग बढिरहदा यसका लागि आवश्यक उपकरणहरु पनि उच्च गुणस्तरका हुनुपर्छ । तर, ग्राहकले त्यस्ता प्रडक्टका लागि मूल्य पनि धेरै खर्चिने र गुणस्तर पनि नपाउने यथार्थलाई नजिकबाट बुझेका थिए दीपेश श्रीवास्तवले । विभिन्न इन्टरनेट र आइटी कम्पनीमा लामो समय काम गरेको अनुभव संगालेका उनलाइ आफै कम्पनी सुरु गर्ने प्यासनले सफलता तर्फ डोर्याइरहेको छ ।


जेन्युन प्राइसमा धेरैभन्दा धेरै क्वालिटीको सामान पाउनुपर्छ भन्ने मान्यता राख्ने श्रीवास्तवले नेटविर्कङ प्रडक्ट सेल्स गर्ने योजना ल्याए । ‘पहिलो प्रयासस्वरुप अन्तराष्ट्रिय रुपमा चर्चित ब्राण्ड नेटिसका राउटर नेपाल भित्र्याउन सफल भयौं । तर, नेटिसको आगमनपछि नेपाली बजारमा देखिएका केही ब्रँण्ड हराउन थाले भने हाल बजारमा आइरहेका राउटरले पनि प्राइस र क्वालिटीमा ध्यान दिन थाले ।

त्यस्तै युरोपको नम्बर वान एन्टिभाइरस प्रडक्टलाई पनि फाल्कोनले नेपालमा भित्राएको छ । यस अंकमा फाल्कोनले नेपाली बजारमा ल्याइरहेका नेटवर्किगं र सेक्युरिटी प्रडक्टका अतिरिक्त उसका आगामी योजनाबारे चर्चा गर्दैछौं ः


नेटवर्किङ, सेक्युरिटीमा मात्र ज्ञान नभएर दिपेश श्रिवास्तव प्रोग्रामिङ र सफ्टवेयरमा पनि राम्रै ज्ञान राख्छन् । अरुकोमा जागिरे मात्र नभएर केहि आफै राम्रो कामको सुरुवात गरौ भन्ने योजना सहित अघि बढेका श्रिवास्तव यतिखेर आइटी प्रडक्टको बजारमा स्थापित भइरहेका छन् ।

falcon-depesh

१६ वर्षअघि स्थापना गरिएको यो कम्पनीले चीनबाहिर २००९ मा मात्रै विस्तार गरेको हो । यो कम्पनीले प्रत्येक दिन ४ सय प्रतिशतले ब्यापार बढेको बताएको छ । नेपालमा फाल्कोनले २ वर्षअघि नेटिसका राउटर ल्याएको हो ।

नेपालमा नेटिस राउटर
अन्तराष्टिय बजारमा नेटिसको बजार तिव्र बढिरहेको छ । १६ वर्षअघि स्थापना गरिएको यो कम्पनीलेnetis-logo चीनबाहिर २००९ मा मात्रै विस्तार गरेको हो । यो कम्पनीले प्रत्येक दिन ४ सय प्रतिशतले ब्यापार बढेको बताएको छ । नेपालमा फाल्कोनले २ वर्षअघि नेटिसका राउटर ल्याएको हो ।

नेटिस ब्रँण्डका राउटर आएपछि मुख्य परिवर्तन प्राइस र क्वालिटीमा आएको श्रीवास्तवको ठहर छ । ‘अन्य ब्रँण्डले पनि किफायती मूल्यमा गुणस्तरीय प्रडक्ट ल्याउन लागे । हामी आएपछि ग्राहकले थोरै मूल्यमा राम्रो क्वालिटीका राउटर पाउन थाले । पहिले २५ सयदेखि ४ हजार रुपियासम्म डिएसएल राउटर उपलब्ध हुदै आएकोमा हाम्रो आगमनपछि २ हजारमै पाइन थाल्यो’, उनले भने । त्यतिबेला टिपिलिंक, टेन्डा, डिजिकम, ट्रेन्डनेट, ब्रोडलिंक, डिलिंक लगायतका करिब एक दर्जन ब्रँण्ड नेपाली बजारमा रहेकोमा नवप्रवेशी नेटिसको कुनै पोजिसन नै थिएन ।

‘हामीले एउटा सशक्त टिम बनायौं । देशका विभिन्न ठाउ गयौं । रिसेलरलाई कन्भिन्स गर्यौं । जो एक्चुअल कस्टुमर हो उसलाई नेटिसबारे अवगत गरायौं । क्यान इन्फोटेक, आइसिटी म्यागेजिन र सोसल मिडियाबाट नेपाली ग्राहकले अझ विस्तृत जान्न पाए । सबैले आफूलाई नम्बर वान भएको दाबी गर्छन् । तर मार्केट ग्रोथ र युजरको फिडब्याकका आधारमा हामी अब गर्वका साथ नम्बर वानको हारहारीमा छौं भन्न सक्छौं,’ उनले भने ।

dipesh-falconq-1

अहिले नेपाली बजारमा नेटिसको उत्साहजनक विस्तारले फाल्कोनलाई गत वर्ष विश्वका ५७ देशमध्य टप १० डिस्ट्रब्युटरको अवार्डले सम्मानित गरेको थियो ।

सुरुवाती चरण
नेटिसलाई नेपाली बजारमा भित्र्याउदा सुरुका ६ महिना निकै अप्ठ्यारो भएको श्रीवास्तव बताउछन् । नेटिस मल्टिनेश्नल कम्पनी भएकाले नेपाल जस्तो सानो बजारको लागि उसले अध्ययन गर्दैनथ्यो । ‘जुन बजारमा प्रडक्ट बेचिन्छ, त्यहाको आवश्यकता अध्ययन गरेर मात्रै ल्याइए सफल हुन्छ,’ उनी भन्छन्, ‘सुरुमा नेटिसका राउटर ल्याउदा रिसेट भइराख्ने समस्या थियो । यसको कारण नेपालमा भोल्टेज स्टेबल नहुने समस्या रहेछ । बत्ती आउने र जाने गर्नाले कुन बेला कति भोल्टेज आउछ थाहा नै नहुने ।

नेटिसले स्टेबल भोल्टेजलाई मात्रै लक्ष्ँित गरी प्रडक्ट तयार पार्दो रहेछ ।’ सुरुमा केही टेक्निकल समस्या आइपरे पनि नेटिसको आर एण्ड डी टिमले नेपाली बजारको वातावणअनुसार प्रडक्टको सफ्टवेयर र हार्डवेयरमा धेरै परिवर्तन गर्न सहयोग गर्यो । अहिले डिएसएल र एडिएसएलमा लगभग सबै रेन्जका नेटिस राउटर नेपाली बजारमा उपलब्ध छ । ‘अहिले नेपाली बजारमा नेटिसको उत्साहजनक विस्तारले फाल्कोनलाई गत वर्ष विश्वका ५७ देशमध्य टप १० डिस्ट्रब्युटरको अवार्डले सम्मानित गरेको थियो,’ उनले भने ।

Netis ad for Kartik.cdr
नेटिसमा के छ ?
एउटा होम युजरले राउटरमा खोज्ने सबै विशेषता रिजेनबल प्रँइसमा नेटिसले उपलब्ध गराएको छ । सबै फिचर एउटै प्रडक्टमा कम्बाइन गराउन सक्नु नै नेटिसको सुलभ पक्ष हो । अहिले नेटिसको आक्रमक बजार विस्तारका कारण केही ब्रँण्डहरु नेपाली बजारबाटै हराएको उनी बताउछन् । ‘बजारको ग्रोथ हेर्दा अधिकांश ठाउमा नेटिस पुगेको छ ।

काठमाडौं उपत्यकाको तुलनामा उपत्यकाबाहिर नेटिसको ग्रोथ तेब्बर छ । हाम्रो प्रोडक्टको रिच ९५ प्रतिशत ठाउमा नै पुगेका छौं,’ उनले भने । आफूहरुले अन्य कम्पनीहरुले जस्तो बजारमा च्यानलमार्फत् प्रडक्ट नलगेको उनी बताउछन् । ‘च्यानलमार्फत ला“दा प्रडक्टको मूल्यमा मनपरी हुन्छ र ग्राहक मूल्यमा ठगिन्छन् । प्रडक्ट सेल्स गर्ने अन्तिम ठाउसम्म हाम्रँे सिधै सम्बन्ध छ । यसकारण मूल्यमा कुनै घटबढ हुदैन’ उनी भन्छन् ।

आफूहरुले अन्य कम्पनीहरुले जस्तो बजारमा च्यानलमार्फत् प्रडक्ट नलगेको उनी बताउछन् । ‘च्यानलमार्फत ला“दा प्रडक्टको मूल्यमा मनपरी हुन्छ र ग्राहक मूल्यमा ठगिन्छन् ।

युरोपको उत्कृष्ट एन्टिभाइरस बुलगार्ड
श्रीवास्तव आफूले नेपालमा राम्रो सेक्युरिटी प्रडक्ट भित्र्याउने सोचिरहेका थिए । अनलाइनमा सर्च गर्दा नेपालमा नभित्रिएको बुलगार्ड जुन युरोपमा निरन्तर नम्बर वान भएको थाहा पाए । ‘हामीले अनलाइन पर्चेज गरेर परीक्ष्ँण गर्यौं र निकै उपयोगी भएको पाएपछि सेक्युरिटी प्रडक्टमा पनि हात हाल्ने जमर्को गर्यौं ।’
उनको टिमले ६ महिनाअघि बुलगार्ड नेपालमा आधिकारिक रुपमा भित्र्याएको हो । उनी भन्छन्, ‘हामी प्रडक्टको प्राइस र क्वालिटीमा निकै संवेदनशील छौं । राम्रो प्रडक्ट भित्र्याउन सके त्यसले एक न एक दिन बजार लिन्छ भन्ने मान्यतामा काम गरिरहेका छौं । यसै सन्दर्भमा अर्को प्रडक्ल बुलगार्डलाई नेपाली बजारमा विस्तार गरिरहेका छौं ।’

हामी प्रडक्टको प्राइस र क्वालिटीमा निकै संवेदनशील छौं । राम्रो प्रडक्ट भित्र्याउन सके त्यसले एक न एक दिन बजार लिन्छ भन्ने मान्यतामा काम गरिरहेका छौं

bullguard-logo-design
बुलगार्डको बजार
विश्वको आधा जनसंख्या भएको चीन र भारतमा बुलगार्ड उपलब्ध छैन । त्यो नहुदा पनि टप फाइभभित्र सधै अटाइरहेको छ भने युरोपमा निरन्तर नम्बर वान एन्टिभाइरस प्रडक्ट हो, बुलगार्ड । ‘निश्चय नै यसमा क्वालिटी भएकाले हामीले नेपाली बजारमा नेटिस विस्तार गरेका हौं,’ श्रीवास्तवले भने ।
बुलगार्डका मुख्यतः २ ओटा विशेषता छन् । यसले एकदमै लो स्पेस लिन्छ भने अपडेट गर्दा वा फुल स्क्यान गर्दा तपाईले अरु प्रोगाम पनि चलाउन सक्नुहुन्छ । त्यस्तै यसको फायरेबल धेरै नै बलियो रहेको छ । टेक्निकल युजर र एन्ड युजर दुवैका लागि बुलगार्ड निकै उपयोगी सिद्ध भएको छ ।

‘नेपालमा भित्रिएको केही समय मात्रै भएकाले बुलगार्डको कुनै पोजिसन छैन । तर, २०१ ७ को सुरुवातसम्म हामी टप ३ मा पुग्ने लक्ष्य छ ।

dipoesh
फाल्कोनको उद्धेश्य
फाल्कोनले आगामी दिनमा सम्पूर्ण नेटवर्किगंका प्रडक्ट उपलब्ध गराउने योजना ल्याएको छ । इन्टरनेटका लागि जे जति प्रडक्ट चाहिन्छ, त्यो हामी उपलब्ध गराउछौं । किफायती मूल्यमा उच्च गुणस्तरका नेटवर्किगं प्रडक्ट ल्याउने तयारीमा छौं । नेटवर्किगमा राउटर र सेक्युरिटीमा एन्टिभाइरसले मात्रै अब पुग्दैन, हामी यससम्बन्धित कम्प्लिट सोलुन दिने योजनामा छौं । तीहारपछि हामीले नेटवर्क केबल ल्याउने तयारीमा छौं ।

म आफैं पनि टेक्निकल मान्छे भएकाले फाइबरका प्रडक्ट अध्ययन गरिरहेको छु । ६ महिनाभित्र यस्ता प्रडक्ट पनि नेपाली बजारमा ल्याउने गरी काम गरिरहेका छौं । प्रडक्ट ल्याउन गारो छैन, त्यसमा क्वालिटी छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो ।

पुतलीसडकमा कार्यालय रहेको फाल्कोनमा मार्कटिगं, सपोर्ट, एडमिन र एकाउन्ट गरी ४ ओटा डिपार्टमेन्ट छ । कुल १२ जना कर्मचारी कार्यरत फाल्कोनमा सबै डिपार्टमेन्टको एक अर्कामा कोर्डिनिेशन रेको उनी बताउछन् । सानोभन्दा सानो कुरालाई पनि हामीले सुक्ष्म रुपले डिल गर्छौं । ‘ग्राहकको फिडब्याकदेखि सपोर्ट र मार्केटिङ पोलिसीसम्म हामी निकै गम्भीर भएर काम गरिरहेका छौं,’ उनले भने ।

दिपेश श्रीवास्तब र उनको कंम्पनी फाल्कोनको यो स्टोरी गत कार्तिक महिनाको ‘लिभिंग विथ आइसिटी’ म्यागजिनमा प्रकाशन भएको थियो । म्यागजिन पढ्न यहाँ http://shop.livingwithict.com/product/ict-kartik-2073/ क्लिक गर्नुहोस ।

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *