Home / Featured / ४ जीबी र्याम र १३ मेगपिक्सलको फ्रन्ट क्यामेरा सहितको ‘एमआइ एम ५ प्लस’

४ जीबी र्याम र १३ मेगपिक्सलको फ्रन्ट क्यामेरा सहितको ‘एमआइ एम ५ प्लस’

नेपाली बजारमा रुचाइएको अर्को चिनियाँ मोबाइल ब्राण्ड हो साओमी को एम आइ । एम आइले पछिल्ला समय बजारमा भित्राएको एम आइ एम५ सिरिज अन्तर्गतकोे परिष्कृत र अत्याधुनिक स्मार्टफोन हो एमआइ एम ५ प्लस ।


५.७ इन्चको फूल एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा ४ जिबी र्याम र ६४ जिबीको आन्तरिक मेमोरी प्रयोग गरिएको छ । क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रायोग गरिएका कारण उक्त स्मार्टफोन तिब्र गतिमा चल्नुका साथै यस फोन ह्याङ्ग हुने समस्याबाट प्रयोगकर्ता मुक्त रहनेछन । एमआइ एम५ प्लस इन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ्ग सिस्टममा आधारित छ ।

यस मोडलमा ४ मेगापिक्सेलको अल्ट्रापिक्सेल फ्रन्ट क्यामेरा प्रयोग गरिएको जसले सेल्फी प्रेमीहरुलाई आकर्षित गर्नसक्छ भने उक्त स्मार्टफोनमा १३+१३ मेगापिक्सेलको डूअल क्यामेरा जडित छ जसले प्रयोगकर्तालाई डिएसएलआर क्यामेरा सरहको इमेज एक्सपेरिएन्स प्रदान गर्न सक्छ ।

यसका अलावा अल्ट्रासोनिक फिङ्गरप्रिनट सेन्सर प्रयोग गरिएको यस स्मार्टफोनमा डूअल सिमकार्ड सपोर्ट रहेको छ । फोरजी नेटवर्क सपोर्ट रहेको सो प्रिमियम मोडलको मोबाइलमा ३८०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ भने मूल्य ५२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
मुल्य : ५२ हजार ९ सय ९९

Check Also

मोबाइल रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक दिने ‘रीचार्जर’ एप नेपालमा

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको रीचार्जर (Reecharger) नामक मोबाइल एप मार्फत मोबाइल रिचार्ज गर्दा …

स्मार्ट टेलिकमले पनि पायो फोरजी सञ्चालनको अनुमति, साउन १५ देखि सेवा दिने

नेपाल दूर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई चौथो पुस्ताको फोरजी इन्टरनेट सेवा सञ्चालन अनुमति दिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *