Home / Featured / स्मार्ट स्मार्टफोन ‘वान प्लस ३ टी’

स्मार्ट स्मार्टफोन ‘वान प्लस ३ टी’

चिनीयाँ मोबाइल निर्माता कम्पनीले आफ्नो सफल प्रोडक्ट वान प्लस ३ को उत्तराधीकारी स्मार्टफोनका रुपमा वान प्लस ३ टी लाई बजारमा उतारेको हो । वान प्लस ३ को भन्दा सुधारिएको प्रोसेसर, क्यामेरा र ब्याट्री प्रयोग गरिएको उक्त स्मार्टफोन वान प्लस ३ को परिष्कृत रुप हो भन्दा फरक पदैन ।

नेपालमा आइ हव प्रालिले आधिकारिक बिक्रेताको रुपमा रहेको यस स्मार्टफोन फागुन अन्तिम सातादेखि बजारमा आएको हो । वान प्लस एक्स, वान प्लस २ र वान प्लस थ्रि पछि थ्रि टि नेपाली बजारमा आएको यो स्मार्टफोन ओलिज स्टोरमा पनि उपलब्ध छ ।


५.५ इन्चको फूल एचडी अप्टीक एमोलेड डिस्प्ले रहेको यो मोडललाई गोरिला ग्लास ४ प्रोटेक्सनले सुरक्षित गरिएको छ । मोबाइलको अगाडि र पछाडी दुवै तर्फ १६ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ जसले क्यामेराकै प्रयोजनका लागि फोन खरिद गर्ने खरिदकर्तालाई अकर्षित गर्न सक्छ ।

यस स्मार्टफोनमा २.३५ गिगाहर्जको स्न्यापड्रागन ८२१ प्रोसेसर रहेको छ जसले ६ जिबीको र्याम सँग सहकार्य गरेर चल्नेछ, जसका कारण फोन तिब्र गतिमा चल्नुका साथै हेब्बी गेमिङ्ग गर्दा समेत खासै समस्या देखिने छैन ।


साथमा यस स्मार्टफोनमा ६४ जिबी र १२८ जिबीे आन्तरिक मेमोरी संसकरणमा उपलब्ध हुनेछ । यो स्मार्टफोन पछिल्लो एन्ड्रोइड संस्करण एन्ड्रोइड नोउगाटमा आधारित छ । फोरजी नेटवर्क सपोर्ट, फिङ्गरप्रिन्ट सेन्सर आदि फिचर रहेको छ । यस स्मार्टफोनको नेपाली बजार मूल्य ५५ हजारको हाराहारीमा रहेको छ ।
मुल्य : ५४ हजार ९ सय

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *