Home / Featured / सामसुङ जे ७ प्राइम

सामसुङ जे ७ प्राइम

सामसुङले पछिल्ला समय सार्वजनिक गरेको जे७ प्राइम स्मार्टफोन ग्यालेक्सी जे सिरिजको निरन्तरता हुनुका साथै ग्यालेक्सी जे७ र जे७ ६ संस्करणको परिस्किृत रूप हो । विश्व बजारमा अगस्टमा सार्वजनिक भएपनि यो स्मार्टफोन नेपालमा भने केही महिना पछि मात्र सार्वजनिक गरिएको हो । सामसुङले पछिल्ला समय ल्याएको जे ७ र जे ७ ६ भन्दा यसमा अन्य धेरै फिचरहरू रहेका छन ।
५.५ इन्चको स्क्रिन रहेको यसमा १०८० ह १९२० रिजोलुसनको फूल एचडी डिस्प्ले रहेको छ । १.६ गिगाहर्जको अक्टाकोर प्रोसेसरको प्रयोग गरिएको यस मिडरेन्ज स्मार्टफोनमा ३ जिबी र्याम भएकाले यस स्मार्टफोन हेब्बी गेमिङ, मल्टिटाक्सिङ लगायतमा नअड्की सहजै चल्न सक्ने कम्पनीले दाबी गरेको छ ।

Samsung-Galaxy-J7-Prime

यसका साथै यसमा १६ जिबीको आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रयोग गरि २५६ जिबीसम्म मेमोरी थप गर्न सकिन्छ । यस फोनलाई कोर्निङ गोरिला ग्लासले सुरक्षित गरिएको छ ।
यस ग्यालेक्सी जे७ प्राइम एन्ड्रोइड ६.० मार्सम्यालो अपरेटिङ सिस्टममा चल्छ । यसका साथै यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसका साथै यसमा ३३०० एमएएचको नन–रिमुवेबल ब्याट्री प्रयोग गरिएको छ । फिङगरप्रिन्ट स्क्यानरयुक्त यस मोडलको मूल्य नेपाली बजारमा २९ हजार ४ सय ९९ रूपैया राखिएको छ ।

Check Also

मोबाइल रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक दिने ‘रीचार्जर’ एप नेपालमा

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको रीचार्जर (Reecharger) नामक मोबाइल एप मार्फत मोबाइल रिचार्ज गर्दा …

स्मार्ट टेलिकमले पनि पायो फोरजी सञ्चालनको अनुमति, साउन १५ देखि सेवा दिने

नेपाल दूर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई चौथो पुस्ताको फोरजी इन्टरनेट सेवा सञ्चालन अनुमति दिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *