Home / Featured / दुबई ब्रान्डको नयाँ स्मार्ट मोडल ‘टचकोन एम ९००’

दुबई ब्रान्डको नयाँ स्मार्ट मोडल ‘टचकोन एम ९००’

नेपाली बजार र आम मोबाइल खरिदकर्ताको लागि परिचित नाम हो ‘टचकोन’ । दुबइको उत्कृष्ट मोबाइल स्मार्टफोन ब्राण्ड टचकोनको पछिल्लो प्रोडक्ट हो एम ९०० ।
५.५ इन्च एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा २.५ डी रेडियन कर्भड ग्लासको प्रयोग गरिएको छ । ६४ बिट क्वाडकोर १.३ गिगाहर्जको प्रोसेसर रहेको यस स्मार्टफोनमा १ जिबी को र्याम प्रयोग गरिएको छ । त्यसैगरि १६ जिबीको आन्तरिक मेमोरी रहने यस हेन्डसेटमा माइक्रो एसडी कार्ड प्रयोग गरेर १२८ जिबीसम्म मेमोरी थप गर्न सकिनेछ ।

m900_white_handmodel
फोर जी नेटवर्क सपोर्ट रहेको उक्त स्मार्टफोन एनड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा अधारित छ । यसका साथै ८ मेगापिक्सेलको डबल एलइडी फ्ल्यास सहितको रियर क्यामेरा रहेको छ ।

यसको फिङगरप्रिन्ट सेन्सरयुक्त यस मोडलमा २८०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । १ सय ३५ ग्राम तौलमा रहेको यो सेट ८.५ एमएम मोटाइमा छ ।
हेर्दा आकर्षक देखिने यो सेटमा र्याम कम भएपनि पर्फमेन्स राम्रै रहेको छ । यसको बजार मुल्य १६ हजार ९ सय ९९ रहेको छ । भर्खरै गएको क्रिसमश र नया वर्ष २०१७ को अवसरमा कम्पनीले यो मोवाइलमा ३ हजार छट प्रदान गरि रु १३ हजार ९ सय ९९ मा यो सेट उपलब्ध गराएको छ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *