Home / Featured / कम मुल्यको आकर्षक स्मार्टफोन ‘जेडटिई ब्लेड भि ७ लाइट’

कम मुल्यको आकर्षक स्मार्टफोन ‘जेडटिई ब्लेड भि ७ लाइट’

नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रा.लि.ले बजेड स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड भि ७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ ।
थोरै रकममा आकर्षक फिचरहरुले सजिएको ब्लेड भि ७ लाइटमा ५ इन्च को एचडी कर्भ एज डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ जसबाट केवल ३ सेकेन्डमै फोन अनलक गर्न सक्दछ ।

ztebladev7lite-001-7
यसैगरी, ब्लेड भि ७ लाइटमा निकै आकर्षक फोटोहरु खिच्न सकिनेछ । अगाडिको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ । पछाडिको क्यामेरामा अटो फोकसको प्रयोग गरिएको छ भने पछाडिको क्यामेरामा एलइडी फ्लासको प्रयोग गरिएको छ । क्यामेराका अन्य फिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् ।
स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर २५६ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टमा चल्ने यस फोनमा क्वार्ड कोर १ गिगाहज प्रोसेसरको प्रयोग भएको छ ।

zte_blade_v7_lite_galerie3
स्मार्टफोनको बजारमूल्य केवल १८ हजार ९ सय ९० राखिएको छ । अहिले जेडटिइको स्मार्टफोनको खरिदमा कम्पनीले विन्टर अफरको रुपमा केहि आकर्षक उपहार पनि दिएको छ । यसमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ ।
मुल्य : रु १८ हजार ९ सय ९०

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *