Home / Featured / बलिउड स्टार सलमान खानले ‘बिङस्मार्ट’ ब्राण्डको स्मार्टफोन ल्याउँदै

बलिउड स्टार सलमान खानले ‘बिङस्मार्ट’ ब्राण्डको स्मार्टफोन ल्याउँदै

यतिबेला बलिउड स्टार सलमान खानले स्मार्टफोन उत्पादन गर्ने समाचारले चर्चा पाइरहेको छ । यसअघि बिङ हुमन फाउन्डेशनमार्फत् भिडियोगेमका साथमा आइओएस र एन्ड्रोइडका लागि एप्लिकेशन बनाएका सलमानले अब भने ग्याजेट्स नै उत्पादन गर्ने भएका छन् ।

बिङस्मार्ट नामक ब्राण्डको स्मार्टफोन उनले सार्वजनिक गर्न लागेका छन् । ५१ वर्षिय खानले स्मार्टफोनका लागि ट्रेडमार्क दर्ता गरिसकेका छन् । साथै सामसुङ र माइक्रोम्याक्समा काम गरिसकेका जनशक्तिको सहयोगमा उनले टिम बनाएको खबर आएको छ ।

इकोनोमिक टाइम्सका अनुसार उनले अनलाइनमार्फत् सुरुमा स्मार्टफोन बेच्नेछन् त्यसपछि रिटेल बजारमा विस्तार गर्नेछन् । उनले ल्याउने भनिएको स्मार्टफोन भारतीय २० हजार रुपियाँमुनीको मूल्यमा उपलब्ध हुनेछ ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *