Home / Featured / सार्वजनिक समाराेहसम्म सामसुङले १ करोड ग्यालेक्सी एस ८ उत्पादन गर्ने

सार्वजनिक समाराेहसम्म सामसुङले १ करोड ग्यालेक्सी एस ८ उत्पादन गर्ने

सामसुङले सार्वजनिक गर्ने समयसम्म ग्यालेक्सी एस ८ का १ करोेड सेटहरु उत्पादन गर्ने तयारी गरेको छ ।

नभर वेबसाइटको एक रिपोर्टअनुसार पहिलो चरणमा सामसुङले ग्यालेक्सी एस ८ यो परिणाममा उत्पादन गर्न लागेको हो । यसैगरी इटी न्युज रिपोर्टका अनुसार सामसुङले यस स्मार्टफोनलाई विश्वका विभिन्न सहरहरुमा सार्वजनिक गर्नेछ ।

मार्च २९ मा सामसुङले ग्यालेक्सी एस ८ लाई न्यु योर्कमा सार्वजनिक गर्ने घोषणा बार्सिलोनामा सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमार्फत गरिसकेको छ । उक्त सार्वजनिक समारोहलाई सामसुङको वेबसाइटबाट लाइभ स्ट्रिमिङ गर्ने कुरा पनि प्रकाश पारिसकेको छ ।

यस्तैमा ब्लासको समाचारअनुसा ग्यालेक्सी एस ८ का फिचरहरुमा ६.२ इन्चको क्वाड एचडी सुपर एमोलेड डिस्प्ल, ६ जिबी र्याम, ६४ जिबी इन्टर्नल स्टोेरेज, माइक्रो एसडी कार्ड सपोर्ट, १२ मेगापिक्सल रिअर क्यामेरा, ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, आइरिस स्क्यानर, वायरलेस चार्जिङ, आइपी ६८ डस्ट तथा वाटर रेसिस्टेट, एन्ड्रोइड ७.० नोगटलगायत रहनेछन् ।

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *