Home / Featured / सामसुङ ग्यालेक्सी एस ८ नेपालमा भाेलि सार्वजनिक हुँदै

सामसुङ ग्यालेक्सी एस ८ नेपालमा भाेलि सार्वजनिक हुँदै

सामसुङले वहुप्रतिक्षित ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक गर्ने भएको छ । भाेलि वैसाख ६ गते होटेल याक एन्ड एतीमा ग्यालेक्सी ८ सार्वजनिक गर्न लागेको जानकारी सामसुङ नेपालका प्रडक्ट म्यानेजर सौरभ करन्जितले दिएका छन् ।

गत मार्च २९ मै सामसुङले ग्यालेक्सी एस ८ को ग्लोबल लन्च गरिसकेको छ । फिचरका हिसाबले ग्यालेक्सी ८ लाई विश्वकै शक्तिशाली स्मार्टफोनको रुपमा लिइएको छ ।

एस ८ का मूख्य फिचरहरुमा ५.८ इन्च सुपर एमोलेड टच स्क्रिन, १४४०×२९६० पिक्सेल सेजोलुशन, ५७० पिक्सेल डेन्सिटी, कोर्निङ गारिला ग्लास ५ प्रोटेक्सन, १.९ गिगाहर्ज अक्टा कोर सामसुङ एक्जोनोस ८८९५ प्रोसेसर, ४ जिबी र्याम, ६४ जिबी इन्टर्नल स्टोरेज, २५६ जिबी सम्मको माइक्रो एसडीकार्ड सपोर्ट, १२ मेगापिक्सल रियर क्यामेरा, ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, फिङ्गरप्रिन्ट स्क्यानर, एन्ड्रोेइड ७ नगट अपरेटिङ सिस्टम, डेक्सटप एक्सपेरिएन्स सपोर्ट, ३००० एमएएच ब्याट्रीलगायतका फिचर रहेका छन् ।

यसैगरी, एस ८ प्लसका फिचरका अधिकांश फिचरहरु एस ८ मा भएकै छन् । ६.२ इन्च सुपर एमोलेड डिस्प्ले र ३५०० एमएएच ब्याट्रीजस्ता फरक फिचर रहेका छन् । समसुङले यी स्मार्टफोनको मूल्य कति पर्ने भन्ने बारे खुलाइ सकेको छैन ।

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *