Home / Featured / साओमी मि बक्स नेपाली बजारमा

साओमी मि बक्स नेपाली बजारमा

नेपालमा साओमी ब्रान्डका प्रडक्टको अधिकृत विक्रेता भास्टल इम्पेक्सले साओमी मि बक्स नेपाली बजारमा भित्र्याएको छ । मि बक्स लेटेस्ट एन्डोइड टिभी ६.० मा आधारित छ ।

 टिभी कन्सोलको रुपमा रहेको मि बक्स ६४ बिट क्षमताको प्लाटफर्ममा चल्नुका साथै भोइस कमान्ड तथा गुगल कास्ट टिएम पनि सपोर्ट गर्दछ । यसबाट तपाईले भिडियो सर्च गर्न तथा कन्ट्रोल गर्न सक्नुहुनेछ । यस डिभाइसका मूख्य फिचरहरुमा ६४ बिट क्वार्ड कोर २.० गिगाहर्ज प्रोसेसर, मेल–४५० ७५० मेगाहर्ज जिपियु, २ जिबी डिडिआर ३, ८ जिबी इएमएमसी, फोर के भिडियो तथा एच डट २६५ फम्र्याट सपोर्ट, मि ब्लुटुथ भोइस रिमोट कन्ट्रोलर, मल्टि ल्याङ्याग्वेज सपोर्ट, एचडिएमआइ २.०, युएसबी २.०, डुअल ब्यान्ड वाइफाइ, ब्लुटुथ ४./३.० लगायत रहेका छन् ।

मि बक्सको प्रयोगबाट घरमै बसेर विभिन्न कन्टेन्ट तथा मानोरञ्जनको संसारमा रम्न सकिने छ । डिभाइसले तपाईको व्यक्तिगत युटुब र गुगल प्लेमा रहेर भिडियोहरुको रेकमेन्डेसन गर्दछ ।
विक्रेता कम्पनीको अनुसार मि बक्सको बजार मूल्य रु ११ हजार ९ सय ९९ तोकिएको छ । प्रडक्टलाई मि सोरुमलगायत उसको अफिसल बेबसाइट www.xiaominepal.com.np/booking बाट पनि बुक गर्न सकिने छ ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *