Home / Featured / स्मार्ट कृषि एपका प्रयोगकर्ता १० हजार पुगे

स्मार्ट कृषि एपका प्रयोगकर्ता १० हजार पुगे

smart krishi logoसूचना प्रविधिको माध्यमबाट नेपालको व्यावसायिक कृषिमा नौलो आयाम थप्दै आएको स्मार्ट कृषि एपले यही हप्ता १० हजार डाउनलोड पार गरेको छ । जनवरी ३ तारिखमा रिलिज भएको उक्त एप कृषिमा आबद्ध किसान मात्रै नभई विद्यार्थी तथा कृषि र पशुपालन क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले निकै रुचाएका छन् ।

स्मार्ट कृषि नेपालका संस्थापक अनिल रेग्मीले सूचना प्रविधिको प्रयोग गरी नेपालको कृषिलाई आधुनिकीकरण गर्ने आफ्नो अभियानले महत्वपूर्ण खुड्किलो पार गरेको बताउँछन् । “निकै खुसी छौं । हामीले गरेको मिहेनेतले विस्तारै सबैको मन जितेको आभाष हुन थालेको छ,” लिभिङ विथ आइसिटीसँग उलने भने, “आगामी दिनमा एपलाई अझ परिष्किृत गर्दै लानेछौं ।”

अहिले एपमा व्यावसायिक कृषिअन्तर्गत फलफुल खेतीमा ५ वटा, पशुपालन अन्तर्गत ३ वटा र  तरकारी खेतीमा ६ वटा गरी १४ थरी कुराहरुको सम्पूर्ण प्राविधिक जानकारी समेटिएको छ ।  सरकारी तथा  गैरसरकारी संस्थाहरुबाट प्रकाशित जानकारीहरु एपमा राखिनुअगाडि कृषि तथा पशुसेवा विशेषज्ञद्धारा सम्पादन गरिनुले यसका सामाग्रीहरुमा प्रयोगकर्ता ढुक्क हुने बताउँछन् ।smart krishi app final

हेलेन केलर इन्टरनेशनलअन्तर्गत सु-आहारा परियोजना खोटाङमा कृषि विज्ञ रहनुभएका निरन्जन पाण्डे भन्छन्, “किसान, विद्यार्थी तथा सरकारी- गैरसरकारी संस्थाहरुले प्रयोग गर्न सक्ने भएकाले यो एपको बजारिकरण गर्न जरुरी छ ।”   फिल्डमा जाँदा भेटिएका समस्याहरुलाई एपमा हेरेर किसानहरुलाई सल्लाह सुझाब दिन याे एप निकै उपयोगी भएको उनको ठम्याइ छ ।

त्यस्तै हिकास्ट क्याम्पसमा अध्ययनरत सुमन गजुरेलले नियमित रुपमा अपडेट र व्यवसायिक कृषिसँग सम्बन्धि सबै जानकारी समेटेकोले स्मार्ट कृषि नै नं १ कृषि एप हो भन्नेमा दुई मत नरहेको बताउँछन्।

दैनिक बजारभाउ, दैनिक कृषि समाचार तथा सफलताका कथा, सरकारी अनुदानको सूचना, कृषिमा काम गर्ने संस्थाहरुको सम्पर्क ठेगाना पनि एपमा छ। कृषि लाइब्रेरी जसमा घाँसखेती, दानापानीको व्यवस्थापन, आर्गनिक खेती, रोग,किराहरुको जानकारी समेटिएको छ । घरमै बसेर विभिन्न प्रदर्शनी तथा तालिम/रोजगारीको अवसरबारे किसानले एपमार्फत थाहा पाउन सक्छन। एपको मुख्य फाइदा भनेको एकचोटी अपडेट गरेपछी पटक-पटक इन्टरनेटसँग जोडिनु पर्दैन। फुर्सदको समयमा जतिबेला जहाँ पनि पढ्न सकिन्छ।

दशैंको अवसरमा नयाँ अपडेट निकाल्ने गरी काम भइरहेको जानकारी एपका मुख्य डेभलपर सुदिप सिंहले दिए ।  “नयाँ अपडेटमा कृषि सम्बधि डाटाको जानकारी  र विभिन्न ई-पुस्तक अनि  रिपोर्टहरु पनि डाउनलोड गर्न सकिनेछ,” उनले भने ।

स्मार्ट कृषिले विभिन्न सामाजिक सञ्जालहरु फेसबुक पेज, इन्स्टाग्राम ट्वीटरलगायतबाट समेत दैनिक रुपमा कृषिसम्बन्धी जानकारी र सूचना प्रदान गरिरहेको छ । गुगल प्ले स्टोरबाट स्मार्ट कृषि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *