Home / Featured / माघ १३ देखि हुने ‘सुबिसु क्यान इनफोटेक २०१७’ को तयारी तीव्र, यस्ता छन् विशेष आकर्षण

माघ १३ देखि हुने ‘सुबिसु क्यान इनफोटेक २०१७’ को तयारी तीव्र, यस्ता छन् विशेष आकर्षण

क्यान महासंघको आयोजनामा २३औं संस्करणको बृहत् सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आगामी माघ १३ गतेदेखि ६ दिनसम्म आयोजना हुने भएको छ । यस संस्करणको शीर्ष प्रायोजक कम्पनी सुबिसु केबल नेट प्रालि र सह–शीर्ष प्रायोजक कम्पनी सामसुङ रहेकाले मेलाको आधिकारिक नाम “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको छ । बुधबार होटल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्यानले मेलाको तीव्र तयारी भइरहेको जानकारी दिएको छ ।

यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउने अपेक्षा रहेको क्यान महासंघका महासचिव विश्वराम बलामीले बताए । साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउन र अवलोकनकर्ताहरुले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने उनले जनाए ।16003135_1725394090820225_7191547794264102430_n

मेला सफल पार्न सबैकाे साथ अावश्यक ः अध्यक्ष ढकाल
पत्रकार सम्मेलनमा बाेल्दै महासंघका अध्यक्ष र्इ. विनाेद ढकालले सबैकाे साथ र सहयाेग रहेकाले नै इन्फाेटेकले अाजकाे उचाइ लिन सफल भएकाले बाँकी दिनमा पनि सहयाेगकाे अपेक्षा रहेकाे बताए । उनले अब र्इ-नेपाल बनाउने अभिभारा अाएकाे बताउँदै हातेमालाे गर्दै समृद्दिकाे यात्रामा लाग्न सबैले अाग्रह गरे । साेही अवसरमा महासंघका पूर्व अध्यक्ष विल्लवमान सिहंले ब्लुस्टारदेखि सुरू भएकाे क्यान इन्फाेटेक भृकुटीमण्पसम्म अाउँदा ४ लाख नेपालीले अवलाेकन गर्ने मेलामा रूपान्तरित भएकाे र देशकाे ठूलाे मेला बन्न सफल भएकाे बताए ।

को को छन् स्पोन्सरमा ?
मेलामा शीर्ष प्रायोजक कम्पनी सुबिसु केबल नेट प्रालि र सह–शीर्ष प्रायोजक कम्पनी सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् ।

को को छन् अफिसियलमा ?
अफिसियलहरुमा बैंक– सन्राइज बैंक, टेलिभिजन– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., सि.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स, वेव न्युज– हाम्राकुरा डटकम, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

२२२ स्टल
“सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।15940861_1725393650820269_5338031813539983896_n

४ लाखले हेर्ने अनुमान
विगतका बर्षहरुमा पनि क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साह जनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ । यस पटक पनि त्यो उत्साहमा अझ उर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौं । गत वर्षको क्यान ईन्फोटेकमा ३,६३,४५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक ४,००,००० भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा हामीले गरेका छौं ।

माघ १६ ‘बिजनेश डे’
२०७३ माघ १६ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००÷– तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।

अनलाइन टिकेटको व्यवस्था
“सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००÷– र विद्यार्थीहरुलाई रु ५०÷– तोकिएको छ । आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” मा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ ।300_0892

नयाँ के के आउने छन् ?
“सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” का शिर्ष प्रायोजक सुविसुले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु जस्तै – Digital TV सेवा र Broadband Internet सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ भने एशोसिएट प्रायोजक सामसुङले नेपालका लागि special feature र design भएको विभिन्न फोनहरु प्रदशन गर्ने छ र मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले C9 Pro र A7-2017 ठ मोडलका फोनहरु अनुभव गर्न सक्नुहुने छ । त्यस्तै डायमण्ड स्पोन्सर नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ द्धन् पनि यस प्रदर्शनीमा प्रदर्शन गर्ने छ ।

यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिएका छौं जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष शहुलियत सहित High Speed Internet प्रमुख आकर्षण बन्ने छन् भन्ने हामीले आशा लिएका छौ । साथै टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् ।

त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ । नेपाल सरकारले देशको प्रमुख शहरहरुमा अनिवार्य रुपमा Digital TV Transmission प्रणालीलाई लानु पर्ने लक्ष्य लिए अनुरुप सो सम्बन्धि जानकारी समेत उपलब्ध हुने छ । विश्व विख्यात Android Mobile (Smart Phone) का नर्या प्रविधिहरु यस प्रदशनीका प्रमुख आकर्षण रहने छन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धि जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ भने सूचना तथा सञ्चार प्रविधि को ठूलो चुनौतीको रूपमा रहेको cyber crime यसको रोकथाम सम्बन्धित जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ ।15895217_1725393794153588_1263863586766909977_n

सुबिसु क्यान अाइसिटी कन्फेरेन्स २०१७ ईन एशोसिएशन विथ सामसुङ
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७३ माघ १६ र १७ (तदनुसार सन् २०१७ जनवरी २९ र ३०), सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको छ । त्यस्तै अफिसियल बैंक सनराइज बैंक रहेको छ ।

Information and Communication Technology for Sustainable Development (ICT4SD)” विषयमा दुई दिने १७औं अन्तराष्ट्रिय ICT Conference आयोजना गर्न लागिरहेका छौं । सम्मेलनमा Smart City/Village/Communities, Smart Agriculture, Smart Education, Smart Health का विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् ।

16002851_1725393347486966_3748557907996694640_n

Check Also

एनटिसीले पनि अब एनसेलले जस्तै लोनको सुविधा दिने

नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध …

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *