Home / Featured / स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने कुराहरू

स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने कुराहरू

phonecam1

हिजोआज क्यामेरा फोनको अपरिहार्य अंग बन्न पुगीसकेको छ । हरेक फोनमा क्यामारा जडान गरिएको हुन्छ र त्यसले नै कयौ प्रयोगकर्तालाइ आकष्ति गरिरहेको हुन्छ । आजभोली स्मार्टफोनमा भएको क्यामेरा हेरेर फोन खरिद गर्ने नियती नै बनेको छ । यहिलेको युवापुस्ताले फोन कल र म्यासेज पछि अत्याधिक प्रयोग गर्ने फिचर भनेको मोबाइलको क्यामेरा नै हो ।
चाँडपर्वका बेल परिवार सँग बिभिन्न फोटा खिच्दा होस वा साथीभाईसँग भएका बखत सेल्फी लिँदा, क्यामाराको प्रयोग बढ्दो छ । प्रोफेसनल क्यामारा सबैको नेपालीको पहुचको वस्तु नभएकाले पनि क्यामारा युक्त स्मार्टफोन धेरैको रोजाइमा पर्न सफल भएको छ । दिनहु विभिन्न कामकाजमा सर्बाधिक प्रयोग गरिने भएपनि स्मार्टफोनको कयामाराकाबारे हामीलाई कयौ कुरा थाहा नभएको हुन सकछ । यी हुन स्मार्टफोन क्यामाराबारे तपाइले जान्नैपर्ने कुराहरू ।


मेगापिक्सेल ः मेगापिक्सेल जसलाई छोटकरीमा एमपी पनि भन्ने गरिन्छ जुन क्यामाराबाट पैदा हुने फोटोमा रहने पिक्सेल नाप गर्ने इकाइ हो । एक मेगापिकसेल बराबर एक मिलियन पिक्सेल हुन्छ । जसको मतलब १० मेगापिक्सेल क्यामाराले खिचेको तस्विरमा १० मिलियन पिक्सेल रहन्छ । सामान्यतया जति बढि मेगापिक्सेल त्यती राम्रो क्यामेरा भन्ने बुझाई जनमानसमा रहेको छ तर मेगापिक्सेल केबल अंक मात्र हो । कयौ अवस्थामा १२ मेगापिक्सेलको कयामेराले पनि १८ मेगापिक्सेलको भन्दा राम्रो क्वालिटीको फोटो खिच्न सक्छ । मेगापिक्सेल भन्दा क्यामारामा प्रयोग गरिएको लेन्सको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

071013_1357_tipsforvide1


सेन्सर साइज ः सेन्सर साइजले पनि स्मार्टफोनमा भएका क्यामेराले खिच्ने फोटोको गुण्स्तरमा ठूलो प्रभाव पारिराखेको हुन्छ । जति ठूलो सेन्सर त्यति नै बढि त्यसले देख्न सक्छ जसका कारण राम्रो फोटो खिच्न सकिनछ । प्राय स्मार्टफोनहरूमा रहने सेन्सरको साइज ०.३३ इन्च हुने गरेको पाइएको छ भने कुनै स्मार्टफोनहरूमा भने त्यो साइज झण्डै एक इन्चको हाराहारीमा रहने गरेका छन । जति ठूलो सेन्सर त्यति नै धेरै पिक्सेल । यदी दुइ वटा बराबर मेगापिक्सेल क्यामारा भएका स्मार्टफोन तर एउटाको सेन्सर अर्को भन्दा ठूलो भएको अवस्थामा सेन्सरको साइज ठूलो भएको क्यामाराले राम्रो क्वालिटीको सट प्रदान गर्छ ।


सिसिडी र सिएमओएस (सिमोस) ः स्मार्टफोनमा प्रयोग हुने सेन्सरको दुई किसिम छ । ती हुन सिसिडी ( चार्जड कपल्ड डिभाइस)र सिएमओएस (कम्प्लीमेन्टरी मेटल अक्साइड सेमिकन्डक्टर) । पहिले पहिलेका स्मार्टफोनहरूले सिसिडी प्रयोग गर्थे भने अहिलेका मोर्डन स्मार्टफोनहरूले भने उच्च प्रविधियुक्त र तुलनात्मक रूपमा महंगो सेन्सर सिएमओएस प्रयोग गर्ने गरेका छन् ।


एपेरेचर ः क्यामेराको अर्को महत्त्वपूर्ण तत्त्व हो त्यस क्यामेराको एपेरेचर । सामान्यतया एपेरेचरलाई ‘एफ’ले अंकित गर्ने गरिन्छ । यदि तपाइले f/2.0, f/1.8 यस्तो लेखिएको देख्नु भएको छ भने त्यो त्यस क्यामेराको एपेरेचर सम्बन्धि जानकारी प्रदान गरिएको हो । जति सानो अंक त्यति नै ठूलो तयस क्यामेराको एपेरेचर जसबाट धेरै प्रकाश क्यामेरा भित्र प्रवेश गर्न सक्छ । कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने क्यामारा सहितको स्मार्टफोन खरिद गर्न चाहनुहुन्छ भने तपाइले क्यामारा छनौट गर्दा कम भन्दा कम एपेरेचरको क्यामारा छनौट गर्नुपर्नेछ ।

camera-s-s
आइएसओ र सटर स्पीडः एपेरेचर जतिकै क्यामेराका अरू दुइ महत्त्वपूर्ण अंश हुन आइएसओ र सटर स्पीड । सटर स्पीड क्यामाराको लेन्स फोटो खिच्नका लागि कति समयसम्म खुल्ला रहन्छ भन्ने जानकारी गराउने इकाई हो भने आइएसओले क्यामेरा उपलब्ध प्रकाशसँग कत्तिको सम्बेदनशील छ त्यसको जानकारी गराउने काम गर्छ । जति बढि आइएसओ त्यती नै त्यसको प्रकाशप्रति सम्वेदनशीलता रहन्छ । १०० आइएसओमा क्यामेरालाई तस्बीर खिच्न १ सेकेन्ड लाग्छ भने ८०० आइएसओमा तस्बीर खिच्न ०.१२५ सेकेन्ड समय लाग्ने गर्छ ।


सटर स्पीड भनेको फोटो खिच्नकालागि क्यामाराले लिने समय हो । प्रयोगकर्ताले क्यामाराको सटर स्पीडलाई सजिलै परिवर्तन गर्न सक्छन् । जति बढि क्यामाराको सटर स्पीड त्यती धेरै प्रकाश क्यामाराले कैद गर्न सक्छ तर यसको कमजोर पक्ष भनेकै क्यामारा ह्ल्लँदा धमीलो फोटो पैदा गर्नु हो । तुरून्त फोटो खिच्नका लागि कम सटर स्पीड उपयोगी हुन्छ भने कम प्रकाशमा आतिसबाजी लगायतको फोटो खिच्न लामो सटर स्पीडको प्रयाग गर्न सकिन्छ ।


toshiba-light-field-smartphone-camera-module
इमेज स्टेबिलाइजेसन ः इमेज स्टेबिलाइजेसन भनेको क्यामारा सामान्य हल्लनबाट त्यसलाई बचाउनु हो । क्यामारालाई हल्लन नदिई त्यसबाट पैदाहुने तस्विीरण्लाई स्थीर राख्नुनै इमेज स्टेबिलाइजेसन हो । सामान्यतय इमेज स्टेबिलाइजेसन दुई प्रकारका हुनछन् ः डिजिटल इमेज स्टेबिलाइजेसन र अप्टिकल इमेज स्टेबिलाइजेसन ।

 

डिजिटल इमेज स्टेबिलाइजेसन प्रविधिमा सफ्टवेयको प्रयोग गरि तस्बिीरलाइ सामान्य हल्लाइबाट बचाइनछ भने अप्टिकल इमेज स्टेबिलाइजेसनमा मेकानिकल विधिको प्रयोग गरेर क्यामेराको लेन्सलाई स्थीर राखिन्छ । कम प्रकाशमा फोटो खिच्नका लागि डिजिटल स्टेबिलाइजेसन भन्दा अप्टिकल स्टेबिलाइजेसन बिधि तुलनात्मक रूपमा राम्रो मानिन्छ ।


एचडि र फोरके(4K) ः क्यामेराका प्रयोगकर्ताले जान्नैपर्ने क्यामाराको अर्को पक्ष हो एचडि र फोर के । एचडि र फोरके भनेको मेगापिक्सेल जस्तै क्यामेराको रिजोलुसनको मापन भएपनि यसलाई भिडियोसँग सम्बन्धित गराएर हेर्ने गरिन्छ । एचडीको पूरा रूप हाइ डेफिनेसन हो जुन १९२० पिक्सेल x १०८० लाइन हुन जान्छ । फोरके जसलाई अल्ट्रा एचडी पनि भन्ने गरिन्छ त्यो एचडीको ठिक दोब्बर हो र जुन ३८४० x २१६० लाइन हुन जान्छ । त्यसैगरि एटके 8k फोरकेकोे 4k ठिक दोब्बर हुने गर्छ ।

फोरके भिडियोहरूले ओघट्ने मेमोरी स्पेस एचडीको दोब्बर जस्तो हुने भएकाले कम मेमोरी भएका स्मार्टफोनहरूका लागि यो रामं्रो मानिदैन । फोरके रिजोलुसनको भिडियो खिच्न सक्ने क्षमता भएका कयौं स्मार्टफोन बजारमा आएपनि फोरके भिडियो चलाउन सक्ने स्मार्टफोन बजारमा बिरलै पाइने गरेका छन् ।

07c0abd
र फरम्याट ः प्राय स्मार्टफोनले जेपिइजी फरम्याटमा इमेज सेभ गर्ने गर्छन तर केहि हाइ–इनड डिभाइसले भने र फरम्याटमा इमेज सेभ गर्ने गर्दछन् । र फरम्याट प्रोफेसनल फोटोग्राफरहरूकालागि राम्रो मानिन्छ । यो फरम्याटमा फोटो क्यामाराको सेन्सरले जेस्तो देख्छ त्यसलाई जस्ताको त्यस्तै तस्विीर सेभ हुनेगर्छ तर जेपिइजी फरम्याटमा इमेजलाइ अप्टीमाइज गरेर मेमोरी सेभ गर्ने हिसाबले सेभ गर्नेगर्छ । जेपिइजी फरम्याटको तुलनामा र फरम्याटमा रहेको इमेजलाई सहजै सच्याउन सकिन्छ ।


सफ्टवेयर र एप्स ः उत्कृष्ट लेन्स, क्यामाराको सेन्सर र स्टेबिलाइज इमेज भएतापनि खराब सफ्टवेयर र एप्सको प्रयोगले तपाइले खिचेको फोटोमा नराम्रो असर पार्न सक्छ । जसरी लेन्स, सेन्सर र स्टेबिलाइजेसन जरूरी छ त्यसैगरि त्यत्तिकै महत्त्वपूण छ स्मार्टफोनमा प्रयोग हुने सफ्टवेयर र एप्स ।

Check Also

NMB-bank-donate-drone-to-ne

ट्राफिक व्यवस्थापन गर्न ड्रोनको प्रयोग गरिने

त्यही जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ । …

300_0930

माघ १३ देखि हुने ‘सुबिसु क्यान इनफोटेक २०१७’ को तयारी तीव्र, यस्ता छन् विशेष आकर्षण

क्यान महासंघको आयोजनामा २३औं संस्करणको बृहत् सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ आगामी माघ १३ गतेदेखि …

2 comments

  1. It would be better if you have save tab in the app so, that we can save important news and info like this upgrade plz thank you

  2. Thanku mobile sambandhi gyan diyeko maa sabai le padnuholaa ra autkristha smart phone kinuholaa ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *