Home / Featured / अंग्रेजी सिकाउने सफ्टवेयर !

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्रेंजीमै ईमेल रिप्लाई गर्ने थिए, अग्रेजी नजानेरै पछि परेको अनुभुती गर्नु पदैनथ्यो आदि आदि ।

कम्प्युटरमा वसेर आफ्ना मनमा लागेका अनुभुतीहरु टाईप गरिरहदा यदि विग्रिहाल्यो भने तुरुन्त सच्याईदिने कुनै माध्यम भए दैनिक प्रयास गरेरै भएपनी आफ्नो अग्रेजीलाई अझ राम्रो वनाउदै जाने थिए भन्ने पनी लागेको हुनसक्छ । घरमै बसीबसी अग्रेजी सिक्नको लागी गुरुको खोजीमा हुनुहुन्छ भने जिन्जर तपाईको लागी सहि समयको लागी सहि छनोट हुनसक्छ । जिङ्गर अग्रेजी शुद्धाशुद्धि गर्ने सफ्टवेयर हो । ईन्टरनेटमा रहेर अग्रेजी सुधार गर्नको लागी जिन्जरले ठुलै सहयोग पुराउन सक्छ ।

अग्रेजी जान्दै नजान्नेहरुको लागी मात्रै नभएर धेरै जान्नेहरुको लागी पनी यो सफ्टवेयर उत्तिकै महत्वपुर्ण छ । विशेषत यसले लेखनमा तपाईको लागी महत्वपुर्ण साथ दिनेछ । जिन्जरस् सफट्वेयर डटकमवाट निशुल्क यो सफ्टवेयर डाउनलोड सक्नुहुनेछ । डाउनलोड गरिसकेपछि अग्रेजी टाईप गर्दैगर्दा स्पेलिङ नमिलेको ठाउँमा यहाँ विग्रेको छ भनेर रातो रङमा हाईलाईट गर्ने काम गर्छ भने निलो रङमा विकल्प सहित सच्याउन प्रेरित पनी गर्छ ।

स्पेलिङ मात्रै नभएर ग्रामर नै गल्ति टाईप भईरहेको छ भनेपनी सच्याईदिने काम गर्दछ । जिन्जर प्रयोग जस्तो सुकै अग्रेजीका तह तप्काको व्यक्तिहरुको लागी उपयुक्त छ । जिन्जरको प्रयोग गर्नुभनेको एक कदम अघि वढ्नु नै हो । अग्रेंजी लेखन कार्य गरिरहदा जुनसुकै वेलामा गल्ति हुनसक्छ । अग्रेंजीमा दक्षता हासिल गर्नेहरुको एउटा अर्को समस्या के हो भने उनीहरु वढी जान्ने भएकै कारणले निकै सटकटमा लेखिरहेका हुन्छन् । आफैले लेखेको म्यासेज एवं च्याट कहिल्यकाही आफैले वुझ्दैनन् । चाडो र सहज हुने हुदा पनी यस्तो गरिएका हो ।


भन्न खोजेको कुरा बुझे त भईहाल्यो नि भन्दै एक दिन दुई दिन गर्दागर्दै, वर्षदिन नै सटकटमा लेख्दै गर्दा अग्रेजी पक्कैपनी सट्याङरेजी भईसकेको हुन्छ । यस्तो अवस्थामा पनी जिन्जरले अग्रेंजी लेखनमा विग्रिएको वानीलाई पुर्नः ईन्टरनेटमै बसिबसी सहजै सुधारको लागी प्रभावकारी काम गर्नेछ । जिन्जर डेक्सटपमा मात्रै स्मार्ट मोबाईलमा पनी डाउनलोड गर्न सकिन्छ । अग्रेजी लेखन गर्दै गर्दा शुद्धाशुद्धी हेर्ने मात्रै नभएर अग्रेजी सिक्नको लागी विशेष कक्षाहरु लिन चाहन्छु भन्नुहुन्छ भनेपनी जिन्जरवाटै यो सुविधा पाउन सक्नुहुन्छ । जिन्जरले अग्रेजी सिक्नको लागी विशेष कोर्षहरु तयार पारेको छ ।


ईन्टरनेटमै वसेर नियमित विशेष कोर्षमा रहेर अभ्यासहरु गर्न सक्नुहुन्छ । जिन्जरवाट अग्रेंजी सिक्दै गर्दा के कती जानियो र कस्तो प्रगती भयो त प्रगती रिपोर्ट पनी सजिलै थाहा पाउन सकिन्छ । यो विशेष कोर्ष गर्नको लागी भने न्यनतम ५ देखी ६० डल्लरसम्म जिन्जरलाई शुल्क तिर्नु पर्ने हुन्छ । जिन्जरको बेवसाईटमा भनिए अनुसार कुन लेभलको कोर्ष गर्न चाहनुहुन्छ सोहि अनुसार शुल्क लाग्नेछ । जिन्जरको निशुल्क होस् वा शशुल्क दुवै सेवा प्रयोगको लागी ईन्टरनेट कनेक्सन भने अनिवार्य छ ।

Check Also

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको …

‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा अवलाेकनकर्ताकाे उल्लेख्य उपस्थिति

  राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ …

One comment

  1. अंग्रेजी सिक्नको लागि जिन्जर राम्रो सफ्टवेयर हो । अग्रेंजी राम्रो भएका र नभएका दुबैको लागि अर्को सफ्टवेयर ग्रामरली (grammarly) अझ प्रभावकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *