Home / Featured / “डिजिटलाइजेशनका लागि थप तयारी अावश्यक”- मन्त्री कार्की

“डिजिटलाइजेशनका लागि थप तयारी अावश्यक”- मन्त्री कार्की

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले डिजिटलाइजेशनका लागि नेपालमा हुनु पर्ने तयारी पुगी नसकेको कुरा प्रकाश परेका छन् । बानेश्वरस्थित इन्द्रेनी फुडल्याडमा प्रविधि पत्रकार मञ्च नेपालको आयोजनामा ‘नेपालमा टेलिभिजनको डिजिटलाइन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

नेपाल केबल महासंघले सहयोग गरेको उक्त अन्तरक्तिया कार्यक्रममा मन्त्री कार्कीले भने –“एक समय नेपालभन्दा पछि रहेको बंगलादेशमा डिजिटल बंगलादेशको नारा गुञ्जिरहेको छ तर नेपालमा भने डिजिटलाइजका लागि हुनु पर्ने तयारी भइसकेको छैन ।” देशमा व्याप्त डिजिटलाईज डिभाइड हटाउनु पर्ने र रेडियो तथा टिभीलाई हेर्ने बेग्लै निकाय बाउनु पर्ने कुरामा उनले जोड दिए ।
प्रविधि पत्रकार मञ्च नेपालकी अध्यक्ष सरस्वती ढकालले सूचना तथा सञ्चार मन्त्रालयलले २०७५ बैसाख १५ सम्म देशभरीका एनालग केबल सेवालाई डिजिटलाईज गरिसक्नुपर्ने व्यवस्था गरेको अवस्थामा डिजिटलाइजेशनको आवश्यकता र यससँग सम्बन्धि विषयवस्तुबारे सेवाग्राहीसमक्ष प्रष्ट पार्न अन्तरक्रिया कार्यक्रम गर्नुपरेको जानकारी दिइन् ।

मन्त्रालयले डिजिटलाइजका लागि आवश्यक प्रविधिहरु सिफारिस गरिदिने
कार्यक्रमा बोल्दै सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालका अनुसार पहिलोचरणमा काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रमा क्षेत्रमा २०७४ कार्तिक १५ गतेसम्म र दोस्रो चरणमा बाँकी रहेका सबै क्षेत्रमा २०७५ बैशाख १५ गतेसम्म डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटियु) ले एनालग केबल टेलिभिजनलाई डिजिटलाईज गर्नुपर्ने निर्देशन दिइ सकेको अवस्थामा यस्तो व्यवस्था गर्नु परेको भनाई ढकालको थियो ।

सहसचिव ढकालले वैसाख १६ गतेसम्म डिजिटलाइजमा जाने केबल अपरेटरहरु आएमा मन्त्रालयले डिजिटलाइजका लागि आवश्यक प्रविधिहरु सिफारिस गरिदिनुका साथै डिजिटललाईसेन्स निःशुल्क गरिदिने कुरा पनि जनाए । सेट टपबक्समा लगाइएको भन्सारमा छुट दिलाउनुको लागि मन्त्रालयले पहल गरिरहेको कुरा पनि उनले बताए ।

पुरानो टेलिभिजन फेर्नु नपर्ने
नेपाल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले डिजिटल टिभी सेवा हेर्नको लागि पुरानो टिभीसेटलाई परिवर्तन गर्नु पर्ने आवश्यकता नरहेको कुरा प्रष्ट पारेका छन् । “पुरानो टिभीले एनालग सिग्नल मात्र बुझ्ने भएकाले, टिजिटल सिग्नल रिसिब गर्न सेट टप बक्स प्रयोग गर्नु पर्दछ” उनले भने ।

केबल अपरेटरहरुसँग तत्काल पर्याप्त सेट अप बक्स नभएको र सम्पूर्ण ग्राहकलाई लाई आवश्य पर्ने नयाँ सेट टप बक्स नेपाल भित्रिन तीन महिना लाग्ने भएकाले सरकारले तोकेकै समयभित्र प्रमुख सहरहरुमा पनि बस्स ग्राहकका घरमा पुर्याउन गाह्रो हुने कुरा व्यक्त गरे ।

कार्यक्रमा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव अनुप नेपाल, नेपाल केबल टिभी महासंघका कार्यकारी निर्देश राधेश्याम लेकाली, प्रविधि पत्रकार मञ्च नेपालका पदाधिकारीहरु, डिजिटल टेलिभिजन सेवामा आवद्ध व्यक्तित्व, तथा विभिन्न सञ्चारगृहका प्रत्रकारलगायतको उपस्थिति रहेको थियाे ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *