Home / Featured / ट्वीटरले १ सय ४० अक्षरको सीमा बढाउँदै

ट्वीटरले १ सय ४० अक्षरको सीमा बढाउँदै

लोकप्रिय समाजिक सञ्जाल ट्वीटरले हाल मेसेजमा कायम रहेको १ सय ४० अक्षर (क्यारेक्टर) सीमा बढाउने तयारी गरेको छ । यसबाट ट्वीटर प्रयोगकर्ताहरुले लामो सन्देश लेख्न सक्नेछन् । यद्यपि, अक्षर सीमा कति बढाउने भन्ने बारे ट्वीटरले जानकारी दिएको छैन ।

ट्वीटरले टेक क्रन्चलाई दिएको जानकारीअनुसार ट्वीटमा युजरनेम तथा फोटो, भिडियोजस्ता मिडिया अट्याच्मेन्टहरु पनि १ सय ४० अक्षर सीमामा गनिने छैनन् । उसले रिप्लाई गर्दा राखिने एटदिरेटनेम्स (२लबmभक) लाई अक्षर सीमा गन्तिबाट हटाएको छ ।

ट्वीटरको यस कदमबाट प्रयोगकर्ताहरुले तस्विरहरु समावेश गरेर अझ बढी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्न सक्ने भएका छन् । यसपछि लाइभ कमेन्ट्री तथा संवादका लागि पनि ट्वीटर उत्कृष्ट हने कम्पनीको दाबी छ ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *