Home / Featured / युनिभर्सिटी–इन्डस्ट्री टाइ–अपले फ्याकल्टी, विद्यार्थी र आइटी इन्डस्ट्रीबीचको दूरी हटाउनेछ

युनिभर्सिटी–इन्डस्ट्री टाइ–अपले फ्याकल्टी, विद्यार्थी र आइटी इन्डस्ट्रीबीचको दूरी हटाउनेछ

आभाष अधिकारी,
सिएसआइटी एसोसिएसन नेपाल, महासचिव
युनिभर्सिटी–इन्डस्ट्री टाइ–अप, चौथो संस्करण, कोओर्डिनेटर

सिएसआइटी कस्तो प्रकारको संगठन हो ?
यो आइटीसँग सम्बन्धित सिएसआइटी (कम्प्युटर साइअन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी) पढिरहेका विद्यार्थीहरुको संगठन हो । सन् २०११ मा फ्याकल्टी, विद्यार्थी र आइटी इन्डस्ट्रीबीचको दूरी हटाउने मूल उद्देश्यले यो संगठनको स्थापना गरिएको हो । विद्यार्थी संगठन भए पनि यो राजनीतिक संगठन भने होइन । सिएसआइटी कोर्स नेपालमा अध्यापन गराउन थालिएको ५/७ वर्ष मात्र भयो । धेरैलाई यो कोर्सबारे थाहा छैन वा भनौँ बजारमा सबैतिर पुगिसकेको छैन । यो सन्दर्भमा हामीले यस संगठनमार्फत विभिन्न कलेजका विद्यार्थीहरुबीच परिचय, अन्तरक्रिया लगायतका कार्यक्रम गराएर यो कोर्सलाई चिनाउने कार्य गरिरहेका छौँ । तसर्थ सिएसआइटी संबन्धीत सबै कलेजहरुका विद्यार्थीहरुबीच परिचय तथा अन्तक्रियात्मक कार्यक्रमहरु गराएका छौँ जसले गर्दा सबै विद्यार्थीले एकआपसमा परिचित र नजिकिने अवसर पाएका छन् ।

युनिभर्सिटी–इन्डस्ट्री टाइ–अप कार्यक्रम गराउनुको मुख्य उद्देश्य के हो ?
विद्यार्थीहरुले सातौँ सेमिस्टरमा प्रोजेक्ट गर्नु पर्दछ भने आठौँ सेमिस्टरमा इन्टर्नशिप गर्नु पर्दछ । इन्टर्नशिप गर्नु भनेको इन्डस्ट्रीसँग सिधै जोडिनु हो । त्यसकारणले युनिभर्सिटीका विद्यार्थी र इन्डस्ट्रीबीचको दूरी हटाउने उद्देश्यले हामीले युनिभर्सिटी– इन्डस्ट्री टाइ–अप कार्यक्रम निरन्तर गर्दै आएका छौँ । यसपाली, चौथौ संस्करण राष्ट्रिय नाचघर जमलमा चैत्र १, २ र ३ गने तीन दिनसम्म गर्दैछाँै । कार्यक्रम बिहान १० देखि बेलुका ४ बजेसम्म हुनेछ ।

यसपालीको संस्करण अगाडिका संस्करणभन्दा कसरी भिन्न र आकर्षक बनाउनुहुदैछ ?
यसपाली विद्यार्थीहरुको प्रोजेक्ट डेमोलाई मूख्यतया जोड दिएका छौँ । विद्यार्थीहरुका प्रोजेक्ट डेमोहरु देखाउने काम गर्दैछौँ । त्यसैगरी, प्यानल डिस्कसन लगायतका अन्य क्रियाकलापलाई पनि प्रथमिकतामा राखेका छौँ ।

हाम्रो देशको सन्दर्भमा आइटीसँग सम्बन्धीत दक्ष विद्यार्थीहरु विदेशमा पलाइन भइरहेका छन् । यस्ता दक्ष जनशक्तिको क्षमतालाई प्रोत्साहन गरी नेपालमै काम गर्ने वातावरण उपलब्ध गराउन के गर्नु पर्ला ?
हामीसँग राम्रो प्रोजक्ट तथा सिसोर्सहरु गर्ने दक्ष जनशक्ति छन् । तर, आफ्नो दक्षता देखाउने ठाउँ नपाउदा विदेश पलायन हुनुपर्ने बाध्यता यथावत छ । यदि उनीहरुले प्रतिभा र दक्षता देखाउने ठाउँ पाउने हो भने अवश्य पनि नेपालमै बसेर काम गर्दछन् । यही सन्दर्भमा हामीले आयोजना गर्दै आएको युनिभर्सिटी– इन्डस्ट्री टाइ–अप कार्यक्रमले यस्ता प्रतिभाहरुलाई प्रष्फुटन गराउने प्लाटफर्म प्रदान गर्दछ । किनकी यस कार्यक्रमका दौरान विश्वविद्यालयका प्रतिनिधिदेखि आइटी कम्पनीहरुको पनि प्रतिनिधित्व हुन्छ । यसले गर्दा दक्ष विद्यार्थीहरु चिनिने र कामको अवसर पाउने हुदा उनीहरुलाई यो प्लाटफर्म सहयोगी हुनसक्छ ।

देशका सबै आइटी कलेजहरुमा यस्तो कर्यक्रम पुर्याउन आगामि दिनमा कस्ता कदमहरु चाल्नुहुदैछ ?
हालसम्म सिएसआइटी विशेषगरी काठमाण्डौमा केन्द्रित छ । काठमाण्डौसहित नेपालभरि लगभग ५२ वटा क्याम्पसहरु रहेका छन् । काठमाण्डौ उपत्यका बाहिरका कलेजहरुले पनि निकै चासो राखेका छन् । सिएसआइटीमा आवद्य विद्यार्थीहरुले उपत्यकाबाहेक चितवन तगायतबाट पनि साखा खोलेर समानन्तररुपमा अघि बढ्न सक्ने कुरा पनि हामीले उठाउदै आएका छौँ । देशव्यापीरुपमा पुग्ने संदर्भमा पनि हाम्रो गृहकार्य भइरहेको छ । हामीले सक्ने सिसोर्सहरु उपलब्ध गराउनेछौ । अन्य अवस्थामा अन्य आइटि संगठन तथा कम्पनीहरुलाई अनुरोध गरेर त्यो सुविधा पुर्याउने प्रयास पनि गर्नेछौँ ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *