Home / GCES IT MAHOTSAV 2014 / आईटी महोत्सवको लागि तयार हुदैछन् दर्जनौ उपयोगी एप्स

आईटी महोत्सवको लागि तयार हुदैछन् दर्जनौ उपयोगी एप्स

पोखराको गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (जीसीईएस) का विद्यार्थीले मोबाइल एप्सबाट घरमै बसेर शिक्षा, स्वास्थ्य लाभ लिनको साथै व्यवसाय गर्न सकिने सफ्टवेर बनाएका छन्। यही कात्तिक २८ गतेदेखि सञ्चालन हुने पाँँचौं जीसीईएस आईटी महोत्सवमा कलेजमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धाका लागि यी सफ्टवेर बनाएका हुन्।

 

प्रतिस्पर्धामा देशभरका १५ आईटी कलेजका विद्यार्थीको सहभागिता रहने कलेजका रिसर्च एन्ड डेभलपमेन्टका प्रमुख तथा जीसीईएस आईटी महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुजन ताम्राकारले जानकारी दिए। एउटा कलेजबाट तीनवटा प्रोजेक्ट (सफ्टवेर ) सहभागिता गराइने उनले बताए। प्रतिस्पर्धामा सहभागिता जनाउन जीसीईएसले आफ्नो कलेजका ११ प्रोजेक्टबीच चार प्रोजेक्ट छनोट गरेको छ। स्वास्थ्यसम्बन्धीमा घरेलु उपचार शीर्षकमा विद्यार्थीले घरमै बसेर उपचार गर्न सकिने मोबाइल एप्स बनाएका छन्। यसमा घरेउलु जडीबुटीबाट विभिन्न रोगको उपचारविधिलाई प्राथमिकता दिएको विद्यार्थी सुशील आलेले बताए।

pokhara_students_423385874

कस्तो बिरामी हो त्यो शीर्षक क्लिक गरेपछि मोबाइलबाटै कुन औषधि, कति, कुनकुन समयमा प्रयोग गर्ने सबै जानकारी पाउन सकीने व्यवस्था गरिएको उनले बताए। यो सफ्टवेएर आले, सुशील जिसी, घनबहादुर थापा, बीके कृष्ण मल्लले बनाएका हुन्।

यस्तै गरी सोही कलेजका जोभिन सिङ बस्न्यातले भेज प्राइज नेपाल नामक शीर्षकमा तरकारी र फलफूलको मूल्यको बारेमा जानकारी दिने सफ्टवेर बनाएका छन्। ‘नेपालका आठ सहरको तरकारी तथा फलफूलको मूल्य मोबाइलबाटै थाहा पाउन सकिन्छ’, उनले भने। यसबाट ग्राहक व्यापारीबाट ठगिनबाट बच्ने र कुन सामान किन्दा कति पैसा लिएर जाने भन्ने थाहा हुने पनि उनले सुनाए।

यस्तै गरी अर्का विद्यार्थी पीयुस थापाले ‘माइ शो’ शीर्षकमा दुर्गम गाउँ रुकुम, रोल्पालगायतका क्षेत्रका विद्यार्थीलाई काठमाडौं, पोखराजस्ता सहरका गुणस्तरीय विद्यालय, कलेजमा भइरहेको पढाइलाई प्रत्यक्ष रूपमा हेरेर अध्ययन गर्न सकिने सफ्टवेयर बनाएको बताए।

IT mahotsab

यो प्रविधिबाट शिक्षा प्राप्त मात्र होइन स्वास्थ्य लाभ, विभिन्न कार्यक्रम प्रत्यक्ष हेरेर मनोरञ्जनसमेत लिन सकिने उनले बताए। यस्तै विभिन्न शीर्षकका प्रोजेक्टबाट कलेजले चार प्रोजेक्ट छनोट गरेको छ। यी चार प्रोजेक्ट नै छनोट गरिएको भनेर भन्न नमिल्ने इन्जिनियर ताम्राकारले बताए। पोखरालाई आईटी सहरको रूपमा विकास गर्ने र युवा विद्यार्थीको प्रतिभा व्यवसायीमाझ देखाएर अवसर सिर्जना गर्ने उद्देश्यले दुई दिने आईटी महोत्सवको आयोजना गरिएको जीसीईएस आईटी महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष सुशील जिसीले बताए।

नेपाली समाजमा सूचना तथा प्रविधिको बारेमा जनचेतना जगाउने, युवा विद्यार्थीलाई नयाँनयाँ टेक्नोलोजीको बारेमा जानकारी गराउनुको साथै आईटीको महत्त्व बारेमा जानकारी गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए। महोत्सवको पाँच हजार भन्दा बढी विद्यार्थी र यस विषयमा चासो राख्ने उद्यमी, युवाहरूले अवलोकन गर्ने बताइएको छ। महोत्सवमा आईटीसम्बन्धी जानकारीको साथै मनोरञ्जनात्मक कार्यक्रम कन्सर्ट, विभिन्न सांस्कृतिक कार्यक्रम, फुडको स्टलसमेत राखिने जिसीले बताए |

महोत्सव सम्पन्न गर्न साढे चार लाख खर्च हुने अनुमान गरिएको पनि उनले बताए। महोत्वसको उद्घाटन नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले शुक्रबार गर्ने कार्यक्रम रहेको छ |

साभार – अन्नपुर्ण पोस्ट / कृष्णमणि बराल

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *