Home / Featured / एनसेलको ‘कलआयो बोनस पायो’ अफर

एनसेलको ‘कलआयो बोनस पायो’ अफर

New brand logo of Ncell - an Axiata company.

एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउने भएका छन् ।
एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गते (शुक्रबार)देखि लागु हुनेछ ।

यस योजनाअन्र्तगत ग्राहकले विदेशबाट आफ्ना आफन्तजन, साथीभाई र प्रियजनहरुले गरेको कल उठाई कुरा गरेको दुई मिनेट पुरा भएपछि ग्राहकले स्वतः दुई मिनेटको बोनस टक टाइम पाउने छन् ।

फोनमा जति मिनेट कुरा भएपनि ग्राहकले दुई मिनेट पुरा भएपश्चात एक पटक मात्र बोनस टक टाइम पाउँने छन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । उक्त बोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्त निर्देशनअनुसार यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो योजनामा सामेल हुन सक्छन् । यो योजना तीन महिनासम्म मात्र चल्नेछ ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *