Home / Featured / ओप्पोद्वारा फेशनेवल ‘एफथ्री ब्ल्याक’ भर्जन सार्वजनिक

ओप्पोद्वारा फेशनेवल ‘एफथ्री ब्ल्याक’ भर्जन सार्वजनिक

क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्म एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गिय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य रु. ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीले केही समय अगाडी ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगापिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ ।
उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी यूवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको छ । कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल विक्रि केन्द्रहरु मार्फत सर्वत्र उपलब्ध हुनेछ ।

क्रिकेटसंगको सहकार्य मनाउन कम्पनीद्वारा नयाँ टीभीसीपनि सार्वजनिक

डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १÷३ ईञ्च सेन्सरपनि जडान गरिएको छ  । एफथ्रीमा ४ जीबी ¥याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा–कोर प्रोशेसर छ ।

यसले मल्टिटास्किङका साथै, तिब्र गतिको कार्य सम्पादन क्षमताको सुनिश्चितता प्रदान गर्छ । फोनमा जडान गरिएको ट्रिपल स्लोट कार्ड ट्रेमा दूईओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताले लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिइएको छ ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *