Home / Featured / कम्प्युटेक्स २०१४ का १० सुन्दर ग्याजेटहरु

कम्प्युटेक्स २०१४ का १० सुन्दर ग्याजेटहरु

ताइवानमा रहेका दुई सम्मेलन केन्दहरुको आयोजनामा गरिने एउटा ठुलो प्रदशर्नीको रुपमा चिनिन्छ कम्प्युटेक्सलाई । सन् २०१४ को कम्प्युटेक्स पनि ग्याजेट्सहरुको प्रदशर्न गर्दै विदा भयो । ल्यापटप म्याग, टोम्स हार्डवेयर, टोम्स गाइडहरुको संयुक्त प्रयासमा धेरै रोचक इनोभेशनहरु त्यहा प्रदशर्न गरिएको पाइयो । हामीले कम्प्युटेक्समा रहेका मध्ये १० उत्कृष्ट, सुन्दर र रोचक ग्याजेट्सहरुलाई लिभिङ विथ आइसिटीको यो अंकमा समेट्ने प्रयास गरेका हौ :–

 

१. चिक–सी पावरबैंक (Chick-C Powerbank)

रोसविलको Chick-C Powerbank तीनवटा एक हजार एम्पियर आवर (mAh) प्याकसहित आएको छ जुन म्यागनेटहरुको प्रयोगले एउटामा मिल्न सक्छ । तपाईले पनि आफ्नो ग्याजेट सोचेभन्दा बढी राशिमा चार्ज गर्नका लागी अर्को एउटा पनि थप गर्न सक्नुहुन्छ ।
पछिल्ला केही वर्षहरुमा हामीले पनि युएसबी ब्याट्रीहरुको लोकप्रियतालाई विचार गरिरहेका थियौ । हामी सबै हाम्रो स्मार्टफोनलाई प्रेम गर्छौ तर हामी तिनीहरुको निरन्तर रस सकिरहेका छौ । बजारमा रोजविल कुनै नौलो त हुदैन तर रोजविल चिक–सी पावर बैंक मोड्युलरमा यो केही भिन्न भएर भने उभिने छ ।

rosewill-1-500x287

२. अल्टेक क्यूबिक (Altek Cubic)
अल्टेक क्यूबिक एउटा सुन्दर स्टैंडअलोन १३ म्यागापिक्सेलको क्यामेरा हो जसले स्मार्ट डिभाइसमा वायरलेस कनेक्ट गर्न सक्छ । यसले शुट लिने क्रममा क्रिएटिभ बनाउन मद्धत गर्छ र तस्विर खिच्दा उत्कृष्ट र सहज पनि बनाउछ । एकपटक प्रयोग गर्ने हो की ?

३. एसस वायरलेस स्टोरेज (Asus wireless storage)
यो एसस ग्याजेट एउटा एयर फ्रेशनर जस्तो देखिन्छ तर वास्तवमा यो एउटा वायरलेस स्टोरेज डिभाइस हो जसलाई तपाई आफ्ना स्मार्टफोनमा एनएफसीको प्रयोग गरी जोड्न सक्नुहुन्छ । यो ३२ जिबी को अनबोर्ड स्टोरेज आउछ र बढी स्पेसका लागी विस्तार गर्न सकिने एसडी कार्ड पाउन सकिन्छ ।

४. जिपीएस पेट ट्रेकर (GPS Pet Tracker)
तपाई विहान मर्निङ वार्कमा जादा आफ्नो कुकुरलाई घाटीमा जिपीएस पेट ट्ेरकर लगाइदिन सक्नुहुन्छ किनभने यसले तपाईलाई आफ्नो कुकुरको विषयमा जानकारी दिन सक्छ । यदि तपाईको कुकुर भागेर तपाईदेखि टाढा पुग्यो भने जिपिएस ट्ेरकिङ सिस्टमबाट डिजाइन गरिएको यो ट्ेरकरले स्मार्टफोन मार्फत रिमोर्ट चेक गरेर कुकुर पत्ता लगाउन मद्धत गर्छ ।
यो ट्याग सिस्टमको प्रयोग हराएको कुकुर पत्ता लगाउन भन्दा पनि हराउन नदिनका लागी डिजाइन गरिएको बताइएको छ ।

Pet-tracker

     ५.ASUS ट्रान्सफरमर बुक T300 Chi M Super Slim WQHD Hybrid

कम्प्यूटेक्स २०१४ मा राखिएको सुन्दर ट्याब्लेट हो यो ट्रान्सफरमर बुक T300 Chi. । विश्वकै पातलो १२.५ इन्च हाइब्रिड रहेको यो ] Chi ले WQHD दावा गर्छ र नेक्स्ट–जेन इन्टेल कोर प्रोसेसरका लागी ठुलो मल्टिमिडिया र प्रोडक्टिभिटी डिभाइस उपलब्ध गराउछ । यसको मुल्य र उपलब्धताका विषयमा भने कुनै जानकारी आइसकेको छैन् ।

६. प्रोजेक्टर कम्बो
एउटा पाम–आकारको प्रोजेक्टर तपाईको मोबाइल डिभाइसका लागी भएको भए कस्तो हुन्थ्यो होला ? तर अब प्रोटोटाइप ८ इन्च एन्ड्रोइड ट्याब्लेट आएको छ जसलाई प्रोजेक्टर कम्बोले तपाईको वालमा राखिदिन्छ र तपाई सिनेमा र एप्ससंग मनोरंजन लिन सक्नुहुन्छ ।
ताइपाईमा भएको कम्प्युटेक्स २०१४ मा यसको “भिभिड कलर्स’ हरुबाट अधिकांश लोभिएका थिए जहा कोरियन गर्ल ब्याण्डले वालमा नाचिरहेको भिडियो देखाइएको थियो ।

Philips_19DP6QJNS_01

७. फिलिप्स २ इन वान मोनिटर (Philips 2-in-1 Monitor)
कम्प्युटेक्स २०१४ भइरहेको समयमा यो फिलिप्स मोनिटर्सले आफु डि एण्ड आई गोल्र्ड अवार्डबाट यही मोनिटरका कारण विजयी भएको घोषणा गरेको थियो । यो सेटअपले दुईवटा १९ इन्च आइपिएस स्क्रिन कम्बाईन गरेको हुन्छ जुन ‘सिंगल–सेभिङ’ बेसमा हुन्छ । यसमा ३८ इन्चको प्यानारेमिक डिस्प्ले पनि हुन्छ । कम्पनीका अनुसार यसको दुवै स्क्रिनमा ३.५ एमएमको सांघुरो बोर्डर हुन्छ र अगाडी र पछाडी २२.५ डिग्रीमा झुकाव राखेको हुन्छ । यसको हरेक प्यानलमा दुई यूएसबी पोर्ट पनि हुन्छ जसको पहिलो प्यानलमा डिस्प्ले पोर्ट र भिजिए इन्पुट हुन्छ भने अर्कोमा भिजिए इन्पुट र एमएचल–इनेबल्ड एचडिएमआई पोर्ट हुन्छ । एमएचएल भनेको मोबाइलको हाइ डेफिनेशन लिंक हो र यसले एमएचल–कम्प्याटिबल डिभाइस चार्ज गर्छ र यसको डिजिटल अडियो र भिडियो ठुलो स्क्रिनमा पठाइन्छ ।

८. विश्वकै हलुका ग्यामिङ ल्यापटप प्याक घप डिस्प्ले
विश्वकै हलुका यो ग्यामिङ ल्यापटपले ‘ह्याभी डोज अफ ग्राफिक्स’ र डिस्प्ले रिभोलुशनलाई प्याक गर्छ । आज गिगाबाइटले Aorus X3 Plus घोषणा गरिसकेको अवस्था छ जुन १३.९ इन्चको ग्यामिङ नोटबुक हो जसले powerful Core i7 CPU, Nvidia GTX 870M graphics, dual SSDs / stunning 3200 x 1800 display into its 4.12-pound, .9-inch thick body प्याक गर्छ । यो ल्यापटप सबैभन्दा हलुका ग्यामिङ ल्यापटप मात्र नभएर एउटा नया लिडर ल्यापटपको रुपमा पनि उभिएको बताइन्छ । यो २२.९ एमएम भन्दा पनि हलुका रहेको बताइन्छ । एकपटक प्रयोग गरेरै हेर्ने हो की ?

 

९. एसरको नंया फिटनेश ट्रेकर र फोनको फेमिली
भनिन्छ आजभोली एसरलाई चांदी कटाई छ । किनभने यसले कम्प्युटेक्समा एसर लिक्विड लिप ‘नया फिटनेश ट्रेकर’ लाई सार्वजनिक गरेपछि चर्चा चुलिएको छ । सामुसुङ गियर फिट र सामसुङ सिमब्याण्डको पनि लन्च संगै २०१४ लाई फिटनेस ब्राण्ड पनि भन्न थालिएको छ तर यि सबैभध्ये एसरको ट्रेकरमा रोजाइ बढेको छ । यो लिक्विड चिपमा फिटनेस ट्रेकिङसहित एक इन्च डिस्प्ले छ र कल, एसएमएस नोटिफिकेशनका लागी पनि यो समर्थ छ । एसर क्वड
एसर स्मार्टफोनको लागी पनि व्यस्त छ जसले ५ नया हेन्डसेट लन्च गर्ने तयारीमा छ । Acer Liquid X1 पनि एउटा नया स्मार्टफोन हो जुन ५.७ इन्च स्क्रिनसहित १.७ गिगाहर्ज अक्टाकोर प्रोसेसर, २ जिबी मेमोरी, १३ मेगापिक्सेल स्नापर सहित रिलिजको तयारीमा छ ।

१०. एसस ट्रान्सफर्मर बुक भि (ASUS Transformer Book V )asus-transformer-book-v-windows-android-540x334
यसैगरी एससले कम्प्युटेक्समा नै ट्रान्सफर्मर बुक भी पनि घोषणा गऱ्यो । यो एउटा डिभाइस हो जोसंग ५ इन्च फोन , १२.५ इन्च ट्याब्लेट कम्बाइन हुन्छ र किबोर्ड तथापी सिस्टममा एन्ड्रोइड फोन, एन्ड्रोइड ट्याब्लेट, विन्डोज ट्याब्लेट, विन्डोज ल्यापटप र एन्ड्रोइड ल्यापटप सरह काम गर्न सक्छ । यो राम्रो र प्रयोगमैत्री हुने भएकोले ग्याजेट्स प्रेमीहरुले बेलैमा सोच्ने हो की ?
(एजेन्सीको सहयोगमा अनिल यादवले तयार पारेको सामग्री )

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *