Home / CAN SofTech 2014 / ‘क्यान सफ्टेक २०१४’ भदौ २६ गतेदेखि

‘क्यान सफ्टेक २०१४’ भदौ २६ गतेदेखि

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले भाद्र २६ गतेदेखि २९ गते (तदनुसार ११-१४ सेप्टेम्बर २०१४) सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा क्यान सफ्टेक २०१४ आयोजना गर्न लागिरहेको छ ।

सन् २००७ बाट शुरु गरी ६ वटा संस्करणहरु सम्पन्न भई सकेको क्यान सफ्टेक प्रदर्शनीलाई वृहत रुपमा सम्पन्न गर्ने अपेक्षा अनुरुप क्यानले सफ्टेकको यो सातौ संस्करण भृकुटीमण्डपमा आयोजना गर्न लागिएको क्यानका महासचिव अमृत पन्तले जानकारी दिनुभएको हो ।

विश्वविख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एण्ड सोलुशनस् र कम्युनिकेशन सम्बन्धि कम्पनीहरुले भाग लिने क्यान सफ्टेक २०१४ को टाइटल स्पोन्सर सुविशु केवलनेट प्रा.लि.ले गरेको छ । साउन १३ गतेदेखि स्पोन्सर र स्टल बुकिंग खुल्ला गरेको क्यान सफ्टेक २०१४ मा ‘इन एसोसिएसन’को रुपमा सिनर्जी इन्टरप्राइज सोलुसन रहेको छ |

नेपाल जस्तो मुलुकमा सफ्टवेयर, सोलुशन र सर्भिसेस (सेवा) को विकास विस्तार गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुस गरी क्यानले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । नेपाललाई सफ्टवेयर सोलुसन तथा सर्भिसेजको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन तथा यसका लागि चाहिने नीति निर्माण तथा यस सम्बन्धमा हुन सक्ने विकासमा टेवा पुर्यावउन समेत यस्ता कार्यक्रमले सहयोग पुर्याउने क्यानको अपेक्षा छ ।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *