Home / CAN SofTech 2014 / ‘क्यान सफ्टेक २०१४’ मा १४२ स्टल, सभामुखले उद्घाटन गर्ने

‘क्यान सफ्टेक २०१४’ मा १४२ स्टल, सभामुखले उद्घाटन गर्ने

 

भदौ २६ गतेदेखि भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुन गइरहेको सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीमा जम्मा १ सय ४२ स्टलहरु रहेको बिहिवार आयोजित प्रेस कन्फ्रेन्स तथा एक्जिविटर्स ब्रिफिङमा जानकारी गराइएको छ । सफ्टेक २०१४ मा सम्पुर्ण स्टलहरु निश्चित भइसकेको र कार्यक्रमको पूर्व तयारी सम्पन्न भएको आयोजकले बताएको छ ।
सहभागी स्टलहरुमा विभिन्न सफ्टवेयर, सोलुसन तथा स्मार्टफोनहरु संख्या धेरै रहेको आयोजकले बताएको छ । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्युटर सुरक्षा, बैकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका छन । त्यसैगरी सेवा सम्वन्धी क्षेत्रहरुमा इन्टरनेट सेवा, केबल तथा डिस टेलिभिजन सम्वन्धि सेवाहरु रहेका छन भने सोलुशनको क्षेत्रमा सेक्युरिटी सोलुशन, वायरलेस सोलुशन, प्रिन्टिङ सोलुशन, पावर सोलुशन र विभिन्न एप्लिकेशन सहितका ट्याब्लेटहरुसग सम्वन्धित स्टलहरु रहेको बताइएको छ । त्यसैगरी ल्यापटप र स्मार्टफोनहरु पनि एक्स्पोमा रहेका छन ।

softech3
क्यानले आयोजना गरेको यो सातौ सस्करणको सफ्टेकमा सुबिसु केबलनेटल शिर्ष प्रायोजन गरेको छ भने नियो इआरपी इन एसोसिएसनको रुपमा रहेको छ । त्यसैगरी डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम रहेको छ भने सिल्भर स्पोन्सरहरुमा इरासफ्ट सोलुशन प्रा.लि, जिल इन्टरप्राइजेज र इ जोन इन्टरनेशनल रहेका छन । प्रिन्ट स्पोन्सरमा क्यास्परस्की एन्टिभाइरस रहेको छ । एक्स्पोको अफिसियल म्यागजिनको रुपमा लिभिङ विथ आइसिटी रहेको छ ।

कार्यक्रमको उद्घाटन भदौ २६ गते सभामुख सुवास नेम्वाङबाट हुने आयोजकले जानकारी गराएका छन । विभिन्न स्पोन्सर र सहभागि कम्पनीहरुले एक्स्पो अवधिभर प्रडक्टमा विशेष छुट र अफरहरु दिने जानकारी गराएका छन । सफ्टेक २०१४ चार दिनसम्म आयोजना हुने छ, जस अवधिभर १ लाख ५० हजार बढि अवलोकनकर्ताको अपेक्षा आयोजकले गरेको छ । लिभिङ विथ आइसिटीले एक्स्पो अवधिभर सफ्टेक विशेष पत्रिका प्रकाशन गर्नेछ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

One comment

  1. What is the entry fee………

Leave a Reply

Your email address will not be published. Required fields are marked *