Home / Featured / पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदै

पोखरामा पाचौ आइटी महोत्सव आयोजना हुदै

पोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते पाचौ जिसिइएस आइटी महोत्सव २०१४ आयोजना हुन लागिरहेको छ । कलेजको संयोजकत्व तथा विद्यार्थीहरुको सकृयतामा हुन लागिरहेको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको छ ।

सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी गेमिङ जस्ता कार्यक्रमहरु महोत्सवमा रहने आयोजकले जानकारी गराएको छ ।

itlogo
नेपालमा सूचना प्रविधि क्षेत्रका जनचेतना जगाउने र आइटीको विकास विस्तारलाइ स्थानियस्तरबाट प्रवद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न गइरहेको महोत्सव संयोजक ई. सुजन ताम्राकारले लिभिङ विथ आइसिटीलाइ जानकारी दिएका छन । उनले स्थानियस्तरका प्रतिभाशाली विद्यार्थीहरुको प्रतिभालाइ राष्ट्रियस्तरसम्म पुर्याउनको लागि कार्यक्रमले सहयोग पुग्ने बताए । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स नेपालकै उत्कृष्ट सफ्टवेयर इन्जिनियरिङ पढाइ हुने कलेजमा पर्दछ । यस कलेजले वर्षेनी यस किसिमको आइटी महोत्सव आयोजना गर्दै आइरहेको छ ।

gandaki clg
दुइ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न अरु साइन्स तथा आइटी कलेजहरुको पनि सहभागिता रहने छ । प्लस टु र उच्च शिक्षाका विद्यार्थीहरुको लागि लक्षित यस कार्यक्रमले आइटी क्षेत्रका उद्योगी, आन्टरप्रिनर्स र स्टार्टअपलाइ पनि सहयोग गर्ने आयोजकले बताएको छ । विद्यार्थीहरुले तयार पारेका सफ्टवेयर, मोवाइल एप्लिकेशन, हार्डवेयरहरु समेत प्रदर्शनी उक्त महोत्सवमा हुनेछ ।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *