Home / Featured / गायिका सूनिता दुलालको टेक्नो तीज

गायिका सूनिता दुलालको टेक्नो तीज

अमेरिकामा कार्यक्रममा गएको बखत १८ घन्टासम्म इन्टरनेटमा समय विताएको अनुभव सुनाउदै चर्चित लोक गायिका तथा सञ्चारकर्मी सुनिता दुलाल भन्छिन -इन्टरनेट र ग्याजेट्स नहुने भए त पागल जस्तै भइन्थ्यो होला । अन्य लोक गायक गायिकाको तुलनामा सुनिता दुलाल निक्कै फेसनेवल र टेक्नो लाइफसाग नजिक रहेको देखिन्छ ।

आफ्नै नाममा सुनिता दुलाल डट कम वेबसाइट सञ्चालन गरिरहेको यि गायिका फेसबुक, स्काइप, इमेलसाग एकदमै नजिक छिन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाले पहिलोपटक ८ कक्षामा पढ्दा नै इन्टरनेट चलाएकी थिएन् । वेबसाइट र फेसबुकले आफ्नो गायन करियरमा सहयोग गरेको उनि बताउछिन् । अहिले उनिसाग आइफोन फोर एस र नोकिया सि २ मोवाइल छ । ग्याजेट्समा रमाउने उनले भर्खरै बजारमा आएको एप्पलको नया म्याकबुक प्रो अमेरिकाबाट मगाएकी छिन् । बजारमा आएका नया ग्याजेट्स प्रयोग गरिरहने उनिले अहिले आइप्याड पनि चलाइरहेकी छिन् ।

१३ वटा एल्बम बजारमा ल्याइसकेकी गायिका दुलालको ६ वटा त तीज विशेष नै छन् । केहि दिन अघि मेरो हजुर तीज विशेष एल्वम बजारमा ल्याएकी गायिका सुनिता दुलाल राम्रो कमाउने गायिका पर्दछिन् । दर्जनौ देशमा कार्यक्रम गरिसकेकी उनि केहि दिनपछि नै कुवेत जाने तयारी छिन् । नेपाल टेलिभिजनमा संगीत तरंग, र नेपाल एनटीभी २ मा समेत कार्यक्रम सञ्चालन गरिरहेकी उनले धेरैको माया पाएको बताउछिन् । तीजको झझल्को आउनेगरी साडी चोलोमा ड्रासिस ट्याब्लेटसँग फोटो खिचाउदा उनलाई साच्चिकै टेक्नो सुन्दरी देखिएको थियो ।


 

 

 

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

4 comments

  1. sunita dulal lai safalata ko suvakamana 6 hai

  2. Tulasiram Prajapati

    It’s a Very good news. I would like to wish you a successful life in music field.

  3. I am proud of Sunita Dulal. She is Nepali Folk Singer but with modern and high thinking. Keep it up Sunita Dulal !!!

  4. I wish you all the best Sunita Dulal jee !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *