Home / Featured / ग्यालेक्सी नोट ८ सामसुङको अहिलेसम्मकै सबैभन्दा महँगो फोन हुन सक्ने

ग्यालेक्सी नोट ८ सामसुङको अहिलेसम्मकै सबैभन्दा महँगो फोन हुन सक्ने

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लसपछि सामसुङ ग्यालेक्सी नोट ८ सार्वजनीक गर्न तयार छ । सामसुङ ग्यालेक्सी नोट ७ को घटनापछि कोरियाली कम्पनी सामसुङले नयाँ सामसुङ ग्यालेक्सी नोट ८ मा आफ्नो सबै मेहनत दिनेछ भनेर आशा गर्न सकिन्छ ।

सामसुङ्ग ग्यालेक्सी नोट ८ सँंग सम्बन्धित इन्टरनेटमा धेरै जानकारी र अफवाहहरु आएकाछन् । तर, एक नयाँ रिपोर्टले ग्यालेक्सी नोट ८ सामसुङ्गको आहिलेसम्मकै सबैभन्दा महँगो फोन हुनसक्ने दाबी गरेको छ ।

रिपोर्टको अनुसार धेरै प्रतीक्षित् ग्यालेक्सी नोट ८ को खुद्रा मूल्य $९००/€९९९को वरिपरि हुन सक्छ । ग्यालेक्सी एस ८ को तुलनामा यो फोन धेरै महँगो छ, जसको खुद्रा मूल्य €७९९ रहेको छ । साथै नोट ८ अगष्टमा सार्वजनिक हुने पनि दाबी गरिएको छ ।

आगाडि देखि नै सामसुङ्गले आफ्नो नोट श्रृंखलालाई अरु फोनभन्दा भिन्न बनाएको छ , विशेष गरि महँगा स्क्रिनको मामलामा । त्यसै गरी नोट ८ मा ग्यालेक्सी एस ८ को जस्तै ६.३ इन्चको एज टु एज डिस्प्ले हुने जानकारी आएको छ । यसमा डुअल १२एमपी क्यामेराको साथ फ्ल्यास, फिंगर प्रिन्ट सेन्सरको साथ आरु सुविधा पनि हुने दाबी गरिएको छ । यसमा ३५०० एमएएचको ब्याट्री हुने जानकारी लिक भएको छ, जबकी नोट ७ मा ३३०० एमएएचको ब्याट्री थियो । यो जानकारी सुन्दा, आशा गर्न सकिन्छ की सामसुङले नोट ७ को ब्याट्री समस्यालाई पनि समाधान गरिसक्यो ।

 

 

 

 

Check Also

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक …

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *