Home / Featured / जिसिइएस आइटी महोत्सब – पोखरालाई सूचना तथा प्रविधिको क्षेत्रमा चिनाउने एउटा प्रयास

जिसिइएस आइटी महोत्सब – पोखरालाई सूचना तथा प्रविधिको क्षेत्रमा चिनाउने एउटा प्रयास

 

लेखक - सुशील आले, पोखरा
लेखक – सुशील आले, पोखरा

अहिलेको युग सूचना तथा प्रविधिको युग हो ।हाम्रा गतिविधि मा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको छ । हाम्रो देश नेपालले यस क्षेत्रमा धेरै उपलब्धिहरु हासिल गरिसकेको अवस्था छ । यस क्षेत्र धेरै सम्भावना र अवसर बोकेको क्षेत्र पनि हो । नेपाल अधिराज्यभर सूचना तथा प्रविधिसाग सम्बन्धित धेरै कार्यक्रमहरु आयोजना हुन्छन् । यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरु नेपाल अधिराज्यभर स्थापना हुने क्रम जारी छ । तर विडम्बना यस्ता कार्यक्रमहरु बढी मात्रामा काठमाण्डौामा मात्र आयोजना हुने गरेको पाइन्छ फलस्वरुप राजधानी भित्र र बाहिरका विधार्थीहरुले आफ्नो सिप,क्षमता तथा दक्षता देखाउने तथा पहुाचमा धेरै दुरी देखिन पुगेको छ । यही दूरीलाई कम गर्ने उद्देश्यले तथा विधार्थीहरुको प्रतिभालाई राष्ट्रियस्तरमा प्रस्फुटन गर्ने उद्देश्यले सूचना तथा प्रविधिको जागरण पोखरामा अवस्थित गण्डकी कलेज अफ इन्िजनीरीयङ्ग एण्ड साइन्सेस हरेक वर्ष जिसिईएस आइटी महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

 

IT mahotsab

गण्डकी कलेज अफ इन्िजनीरीयङ्ग एण्ड साइन्सेस (जिसिईएस) सफट्वयर इन्िजनीरीयङ्ग अध्यापन गराउने पहिलो कलेज हो । यस कलेजले सैद्दान्तीक र व्यवहारीक शिक्षालाई आत्मासाथ गर्दै थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । विधार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने तथा उनीहरुको सीप र क्षमतालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको यस महोत्सवको कार्यक्षेत्र अहिले वृहत बन्दै गएको छ ।
हरेक वर्ष आयोजना हुने यस महोत्सवको सम्पूर्ण व्यवस्थापन विधार्थीले गर्दछन् जसले गर्दा विधार्थीहरुलाई विभिन्न क्षेत्रमा आफ्नो क्षमता अभिबृद्दी गर्ने अवसर प्रदान गर्दछ ।महोत्सवमा राष्ट्रव्यापी सफ्टवयर कम्पिटिसन प्रोजेक्ट डेमोन्सट्रेसन हार्डवयर एक्स्पो ,टेक्नीकल टक जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिन्छ ।

कार्यक्रमले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा व्यवसाहिक कम्पनी तथा प्रतिस्थानहरु साग सम्बन्ध तथा सहकार्य गर्ने अवसर प्रदान गर्दछ । कलेज तथा विद्यार्थी सहकार्य तथा व्यवस्थापनमा हरेक वर्ष झौ यस वर्ष कार्तिक २८ र २९ गर्ने पाचौ जिसिईएस आईटी महोत्सव आयोजना गरीदैछ । यस महोत्सवलाई सुचना तथा प्रविधिको क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था,विद्यर्थी,व्यवसायिक प्रतिष्ठानको कुम्भमेला तथा पोखरालाई यसक्षेत्रमा चिनाउने उद्देश्यले आयोजना गरिने कार्यक्रमहरुमा परिमार्जन गरिएको छ । यस महोत्सवले यस क्षेत्रमा क्रियाशिल शैक्षिक संस्थानमा अधययनरत विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्नुका साथै सम्बन्धित निकायललाई यस प्रकारको कार्यक्रम आयोजना गर्ने उत्प्रेरित गर्ने छ । जसले पर्यटकिय स्थल पोखरालाई सुचना तथा प्र्विधिको केन्द्रको रुपमा विकसित गर्न एउटा कोसेठुङ्गा सावित हुुनेछ भन्ने उद्देश्य लिएको छ ।

article by : name: Sushil Ale, Software Competition Co-ordinator, Email: np.msushil@gmail.com

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *