Home / आइसिटी समाचार / टेलिकमको वाइम्याक्स इन्टरनेट दशै तिहारबाट

टेलिकमको वाइम्याक्स इन्टरनेट दशै तिहारबाट

नेपाल टेलिकमले दशै तिहारको अवसर पारेर वाइम्याक्स प्रविधियुक्त इन्टरनेट सेवा शुरु गर्ने तयारी गरेको छ। नेपालीहरुको मुख्य चाडको अवसर पारेर उपभोक्ताबीच ल्याउने तयारी अन्तर्गत टेलिकमले सामान जडानको काम शुरु गरेको छ। टेलिकमले यो नयाँ सेवा काठमाडौ र पोखराबाट शुरु गर्न थालेको हो। दशै तिहारबाट परिक्षणको रुपमा यो सेवा शुरु गर्न लागेको टेलिकमले जनाएको हो।

एक करोड डलरको वाइम्याक्स परियोजनाको लागि अमेरिकन एयरस्पान कम्पनीले उपकरण उपलव्ध गराउँदै आएको छ। कम्पनीले सामान उपलव्ध गराउने सँगसँगै जडानको काम पनि भइरहेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिनुभयो। टेलिकमले नयाँ संस्करणको वाइम्याक्स प्रविधि ल्याउन लागेको दावी पनि प्रधानको छ।

काठमाडौ सहित पूर्व र काठमाडौ पश्चिम गरि दुई भागमा वाँडिएको परियोजनाको लागि टेलिकमले चारसय वटा विटीएस राख्ने तयारी गरेको छ। प्रधानका अनुसार जनघनत्वको आधारमा काठमाडौ सहित पूर्वमा दुई सयभन्दा वढी र पश्चिममा करिव दुईसयवटा वीटीएस राखिने छ।
ग्रामिण क्षेत्रका उपभोक्ताको लागि लक्षित वाइम्याक्स परियोजना शहरका उपभोक्ताको लागि पनि अर्को विकल्प भने हुनेछ। सन् २०१३ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजना सम्पन्न हुँदा नेपालका सबै गाविस इन्टरनेटको पहुँचमा पुग्ने टेलिकमका प्रवक्ता प्रधानले वताउनुभयो।

ग्रामिण क्षेत्रमा २५६ केविपिएस र शहरमा २ एमवीपीएस सम्म डाटा उपलव्ध गराउने तयारी टेलिकमको भएपनि माग अनुसार सेवामा थपघट गर्ने सक्ने वताएको छ। हटस्पट र डंगल प्रयोग गरेर लिइने यो इन्टरनेट सर्भिसले टेलिकमको अहिलेकै एडीएसएलको परिपुरकको रुपमा रहने विश्वास गरिएको छ। यसमा व्याण्डवीथको कुनै समस्या नपर्ने टेलिकमको भनाइ छ। १० जीवीसम्म व्याण्डवीथ यसमा प्रयोग हुनसक्ने टेलिकमको प्रारम्भिक अनुमान छ। यसको शुल्क भने एनटीएसँग परामर्श गरेर तोकिने प्रवक्ता प्रधानले जानकारी दिनुभयो। टेलिकमले वाइम्याक्स सेवा शुरु गरेपछि दुई लाख ग्राहक वन्ने अपेक्षा गरेको छ। माग थपिदै जाँदा यसको क्षमता वढाउन मिल्ने समेत टेलिकमले जनाएको छ।

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

One comment

  1. Do a staff of Nepal telecom will get it as a free service??

Leave a Reply

Your email address will not be published. Required fields are marked *