Home / टेस्ला रोडस्टर : अहिले सम्मकै फास्टेस्ट कार

टेस्ला रोडस्टर : अहिले सम्मकै फास्टेस्ट कार

टेस्लाले अहिले सम्मकै फास्टेस्ट  कार  टेस्ला रोडस्टर २.०   सार्बजनिक गरेको छ र यो कार पेट्रोल र इलेक्ट्रीसिटी दुवैले चल्ने बताईएको छ । यो कार ० देखि १.९ सेकेन्डमा ६०एमपीएच  र ० देखि ४.२ सेकेन्डमा १००एमपीएच सम्म कुद्न सक्छ।अझ चाखलाग्दो कुरा के छ भने, टेस्ला रोडस्टर २.० ले ८.९ सेकेन्डमा नै क्वाटर माइल पुरा गर्न सक्छ ।

टेस्लाको अनुसार यस कारमा २०० किलोवाटको ब्याट्री राखिएको छ जसलेगर्दा यो ६३० माइल सम्म दौडन सक्छ तर यो हाईवेको लागि मात्र भएको र  सधैँ कुदाउंदा  भने फरक पर्ने कुरा उनीहरुले खुलाए । टेस्ला रोडस्टर २.०,टु वाई टु फोर सिटर गाडी हो भने, यसको मूल्य दुईलाख डलर रहेको छ । पहिलो १००० क्रेताहरुले पहिले ५० हजार डलर भुक्तान गरेपछि किस्ताबन्दीमा  फाउंडर सिरिज  खरिद गर्न पाउनेछन् ।त्यस्तै, अहिले सम्मकै सबैभन्दा छरितो कार भएका कारण खरिद्कर्ताले  ५० हजारको  डिपोजिट पछि टेस्ट राइडको लागि पनि मौका पाउने छन् ।

टेस्ला रोडस्टरले छिटो कुद्ने कारका साथसाथै १८ वटा चक्का  भएको सेमी ट्रक पनि अनावरण गरेको छ  र यसको रेन्ज ५०० माइल रहेको छ । साथै यस्मा  एरोडाइनमिक जडान गरिएको उक्त कम्पनीका संस्थापक एलोन मुस्कले जनाएका छन् ।

 

 

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *