Home / Featured / पाचौ जिसिइएस आइटी महोत्सब २०१४ को भब्य सुरुवात, मुख्य सचिवले र्भचुएल दीप बालि गरे उद्घाटन

पाचौ जिसिइएस आइटी महोत्सब २०१४ को भब्य सुरुवात, मुख्य सचिवले र्भचुएल दीप बालि गरे उद्घाटन

दिपक पौडेलपोखरा प्रतिनिधि

पोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते तय भएको पाचौ ‘जिसिइएस आइटी महोत्सव २०१४’ को आज एक कार्यक्रमका बिच नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल ले  शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाले सफ्टवयर मार्फत र्भचुएल दीप प्रज्जोलन गरी कार्यक्रमलाई औपचारीकता प्रदान गर्नुभएको थियो । पााचौ जिसिइएस आइटी महोत्सव २०१४ को आयोजक समितिले यसरी सफटवयर मार्फत र्भचुएल दीप प्रज्जोलन गरी कार्यक्रम सुरुवात गरीएको कुरा नेपालमै पहिलो भएको दाबी गरेको छ ।

pokhara4

कार्यक्रममा उहााले सूचना प्रविधि नै आजको युगमा   समतामुलक र समृद्द समाज निर्माण गर्ने अस्त्र भएको र यसलाई बढवा दिनको लागि यस्ता महोत्सव गरिनु सर्हानीय कार्य भएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसै गरी  पश्मिाञ्चल क्षेत्रीय प्रशाषक  दिनेश कुमार थपलियाले मोफसलमा गरिने  महोत्सव मध्ये यो महोत्सव उत्कृष्ट ठहरीएको दाबी गर्नुभयो । उहाले शाषनलाई शुशाषन बनाउन सफटवयरको भूमीका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विद्यार्थी प्रतिनिधि विपिन अर्यालले सरकारले आइटी नितिलाई आवश्यक परिवर्तन गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताए ।

 भोली सम्म हुने उक्त महोत्सबमा बाजी थाप,अनलाइन मार्केट नेपाल,गेम अफ फिफ्टिन ,डा.नेपाल ,भर्चुयल जिसिइएस ,सहयात्री ,भि डी सी अनलाइन इन्र्फमेसन सिस्टम ,फोटोमेकर , माई सो ,इ लाइब्रेरी, एमएप्पल,घरेलु उपचार ,खोरखोरे, माकुरीजाल जस्ता थुप्रै एप्प तथा सफटवयर प्रदर्शनमा राखिएको छ ।

gces

महोत्सवमा टेक्नीकल टकका साथसाथै थुप्रै मनोरन्जनात्मक कार्यक्रम जस्तै खेल,कन्सर्ट आदि हुने आयोजकले बताए । साथै कार्यक्रममा सफटवयर आर्कषण मात्र नभई दोस्रो वर्ष मा अध्यनरत विराज भण्डारीले निर्माण गरेका बाइक तथा गाडीको नमुना पनि प्रस्तुत गरिएको छ ।

pokhara ic2

pokhara6

कार्यक्रममा स्वागत मन्तव्य  पाचौ जिसिइएस आइटी महोत्सव २०१४ का मुल आयोजक समितिका संयोजक शिक्षक सुजन ताम्रकारले व्यक्त गर्नुभयो भने सभाध्यक्ष गण्डकी कलेज अफ इन्जीनियरीङ्ग एण्ड साइन्सेस तथा गण्डकी बोडीङ्ग स्कुलका प्राचार्य रवी प्रसाद बरालले गर्नुभएको थियो ।उक्त महोत्सव यस क्षेत्रसाग सम्बन्धीत विभिन्न मानुभाव र करिब ३५०० आगन्तुकले अवलोकन गरेका थिए ।

महोत्सबमा 'लिभिंग विथ आइसिटी' म्यागजिनबारे बुझ्दै /पढ्दै अबलोकनकर्ता
महोत्सबमा ‘लिभिंग विथ आइसिटी’ म्यागजिनबारे बुझ्दै /पढ्दै अबलोकनकर्ता

https://www.facebook.com/ramchandra.pdl

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *