Home / GCES IT MAHOTSAV 2014 / पाचौ जिसिइएस आइटी महोत्सव २०१४ को तयारी अन्तिम चरणमा

पाचौ जिसिइएस आइटी महोत्सव २०१४ को तयारी अन्तिम चरणमा

दिपक पौडेल , पोखरा प्रतिनिधि 

पोखरा स्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा यहि कार्तिक २८ र २९ गते हुन गइरहेको पाचौ जिसिइएस आइटी महोत्सव २०१४ को तयारी अन्तिम चरणमा पुगेको छ | कलेजको संयोजकत्व तथा विद्यार्थीहरुको सकृयतामा हुन लागिरहेको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको छ ।

gces

सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी गेमिङ जस्ता कार्यक्रमहरु महोत्सवमा रहने आयोजकले जानकारी गराएको छ ।

5-th-gces-it-mahotsav

महोत्सबमा हुने  प्रतिस्पर्धामा देशभरका १५ आईटी कलेजका विद्यार्थीको सहभागिता रहने कलेजका रिसर्च एन्ड डेभलपमेन्टका प्रमुख तथा जीसीईएस आईटी महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुजन ताम्राकारले जानकारी दिए। एउटा कलेजबाट तीनवटा प्रोजेक्ट (सफ्टवेर ) सहभागिता गराइने   प्रतिस्पर्धामा सहभागिता जनाउन जीसीईएसले आफ्नो कलेजका ११ प्रोजेक्टबीच चार प्रोजेक्ट छनोट गरेको छ |

साथै  विभिन्न कलेजका अन्य प्रोजेक्ट पनि नेशनल लेभल सफ्टवयर कम्पिटिशन का लागि दर्ता भइसकेका छन् । यसैगरी विद्यार्थीले महोत्सवमा प्रदर्शन गरिने सफ्टवयर पनि पूर्ण रुपमा तयार भएको र  महोत्सबमा गरिने सम्पूर्ण इभेन्टको तयारी अन्तिम चरणमा पुगेको जानाकारी उनले लिभिङ विथ आइसिटी लाई जानाकारी दिए ।महोत्सब यही  कात्तिक २८ गते विहान १० बजे नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले उद्घाटन गर्ने बताइएको छ ।  उक्त महोत्सब दुई दिन सम्म चल्नेछ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *