Home / Featured / पोखरामा आइटी महोत्सव सम्पन्न, पियुस थापाको ‘माई सो’ ले पायो उत्कृष्ट सफटवयरको उपाधी

पोखरामा आइटी महोत्सव सम्पन्न, पियुस थापाको ‘माई सो’ ले पायो उत्कृष्ट सफटवयरको उपाधी

दिपक पौडेलपोखरा प्रतिनिधि 

पोखरामा भइरहेको पाचौ जिसिइएस आइटी महोत्सव आज सम्पन्न भएको छ । हिजो देखी सञ्चालन भएको उक्त महोत्सवमा आधा दर्जनबढि प्रतियोगिता तथा कार्यक्रम समावेश गरिएको थियो । सफ्टवेर एक्स्पो, हार्डवेयर एक्स्पो, लिनक्स तथा फोस बुटक्याम्प, सफ्टवेयर कम्पिटिशन, पिसी गेमिङ जस्ता कार्यक्रमहरु  सफलतापूर्वक सम्पन्न भएको आयोजकद्दारा लिभिङ्ग विथ आइसिटीलाई जानाकारी  गराइयो ।

pokhara_It2

महोत्सबमा भएका विभिन्न  प्रतिस्पर्धामा उत्कृष्ट भएका विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरीएको छ । कार्यक्रमको आकर्षण रहेको राष्ट्रिय स्तरीय सफटवयर कम्पिटिशनमा  सोही कलेजमा अध्यनरत पियुस थापाको Myshow ले प्रथम पुरस्कार पायो भने विदुर सुवेदी,निरञ्जन उदास , महेश थापा र विवेक केसी ले निर्माण गरेको Maple दोस्रो हुन सफल भयो । यसै गरी पोखरा कलेज अफ इन्जीनियरीङ्ग का विद्यार्थीले निर्माण गरेको  Ardrino Based Mobile प्रोजेक्टले उत्कृष्ट आइडीया  को उपाधी प्राप्त गर्‍यो । साथसाथै  अन्तर हाई स्कूल निबन्ध प्रतियोगितामा ग्लोबल कलेजीएट की छात्रा कीप्रा गुरुङ्ग प्रथम,गण्डकी बोडिङ्गकी दिक्षा पौडेल द्दित्तीय र सगरमाथा उच्च मा वि की समृद्दी सेरचन तित्तीया हुन सफल भइन् ।

pokhara_It3

कार्यक्रमका प्रमुख अतिथि डा.विनोद भाद्रा ले यस्ता किसिमका प्रतियोगीताले प्रविधिको क्षेत्रमा केही गर्छु भन्ने विद्यार्थीलाई हौसला प्रदान गर्ने बताउनुभयो । साथै उहाले महोत्सवमा प्रस्तुत गरिएका सम्पूर्ण सफटवयरहरु विश्वस्तरीय रहेको र यस्ता सफटवयर निर्माण हुन सके पोखरालाई नै विश्वकै क्यालीर्फोनीया बनाउन सकिने बताउनुभयो । यसै गरी कलेजका प्राचार्य रवी प्रसाद बरालले आफना विद्यार्थीले उत्पादन गरेका सफटवयरको उचित बजारीकरण  गर्न सक्दो पहल गरिने जानाकारी गराउनुभयो । साथै पोखरालाई आइटी सिटी  बनाउन यससाग सम्बन्धीत सम्पूर्ण व्यक्ति ,संस्था ,विद्यार्थी र पोखेरली एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।

pokhara6

यस क्रममा उहााले गण्डकी कलेज अफ इन्जीनियरीङ्ग एण्ड साइन्स ले पनि यस अभियानलाई सघाउन आइसिटी फर एजुकेसनको नारा दिई आइसिटी भवनको निर्माण भइरहेको जानकारी दिनुभएको थियो । देशभरका १५ आईटी कलेजका विद्यार्थीको सहभागिता रहेको उक्त आइटी महोत्सवभा दर्जनौ उपयोगी एप्स प्रदशनमा राखीएको थियो । महोत्सबमा ‘लिभिंग विथ आइसिटी’को पनि स्टल रहेको थियो | आयोजकले आफिसियल मिडियाको रुपमा लिभिंग विथ आइसिटी’लाइ सम्मानपत्र र मायाको चिनो  प्रदान गरेका थिए |

आइटी महोत्सब आयोजक समुह  कार्यक्रम समापन पछि तस्बिर लिदै
आइटी महोत्सब आयोजक समुह कार्यक्रम समापन पछि तस्बिर लिदै

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *