Home / Featured / फेसबुक म्यासेन्जरमा पेपालको अनलाइन पेमेन्ट सिस्टम

फेसबुक म्यासेन्जरमा पेपालको अनलाइन पेमेन्ट सिस्टम

अनलाइन पेमेन्ट सिस्टम पेपालसँगको सहकार्यमा फेसबुक म्यासेन्जर एप्लिकेसनबाट पीयर २ पीयर (पी२पी) पेमेन्ट (peer-to-peer payments)सुविधा संचालनमा आएको छ । यसअघि नै पेपालले सन् २०१५ अप्रिलमा फेसबुक म्यासेन्जरका लागि पेपाल सुविधा ल्याइको थियो । पेपालले पीयर २ पीयर पेमेन्ट सुविधा स्काइप र स्ल्याकमा पनि ल्याइसकेको छ ।

पी २ पी भुक्तानीमा बजारमा सबैभन्दा अगाडि रहेको छ र सन् २०१७ को तेस्रो त्रैमासिकमा यसको पी२पी भोल्यूम २४ अर्ब अमेरिकी डलर रहेको छ । जून अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले अधिक हो । यो वर्षको चौथो त्रैमासिकमा पनि यसले लिड गरिरहेको छ ।

यो सहकार्यमार्फत म्यासेन्जमा रकम पठाउने तथा प्राप्त गर्ने सुविधाबाट मानिसहरुलाई विभिन्न कामहरुमा थप सुविधाजनक विकल्प उपलब्ध गराउने छ । हालको लागि यो सुविधा केबल अमेरिकी म्यासेन्जर प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको छ र आईर्आएस प्रयोगकर्ताहरुले मात्र सेवा लिन सक्नेछन् ।

यो सुविधाको माध्यमबाट क्याबको रकम तिर्न वा रातबिरात घुम्नजाँदा वा रमाईलो गर्दाको बिल भुक्तानी गर्न साथीभाईबीच मिलेर गर्न सकिनेछ । यो सुविधाले तपाईँले आफ्नो भागमा परेको बिल मात्र पनि भुक्तानी गर्न सक्नुहुनेछ ।

गत वर्ष मात्र पेपालले फेसबुक म्यासेन्जरसँग सहकार्यको घोषणा गरेको थियो । यसबाट २५ लाख भन्दा धेरै अमेरिकी ग्राहकहरुले आफ्नो पेपाल खातालाई म्यासेन्जरमा जोडेर सेवा सुविधाको उपयोग गर्न पाएका थिए ।

यो सुविधा एक अर्कासँग च्याट गर्दा वा ग्रुप च्याट गर्दा आउँछ । यसका लागि तपाईँले ब्लू प्लस आइकनमा ट्याप गर्नुपर्ने हुन्छ र त्यसपछि ग्रीन कलर्ड पेमेन्ट बटनमा थिच्नुपर्दछ । त्यसपछि पेपाल छनौट गरेर रकम भुक्तानी वा प्राप्त गर्न सक्नुहुनेछ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *