Home / प्रडक्ट इन्फो / ब्रदरको पिटी–७६०० पि–टच लेवल स्टिकर प्रिन्टर बजारमा

ब्रदरको पिटी–७६०० पि–टच लेवल स्टिकर प्रिन्टर बजारमा

सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको पिटी–७६०० मोडेलको लेबल स्टिकर प्रिन्टर भित्र्याएको छ । यस लेबलिङ् प्रडक्टलाई टुट–फुटबाट जोगाउनका लागि बाहिरी भागमा रबर ग्रिपको प्रयोग गरिएको छ । ग्राहकहरुको आवश्यकताहरुको गहिरो अध्ययन गरेर बनाइएको यस प्रडक्टमा उत्कृष्ट फिचरहरु रहेको कम्पनीले दाबी गरेको छ । ब्रदरका पि–टच लेबल प्रिन्टरहरुमा प्रयोग हुने लेबल स्टिकरहरु साधारण कागजको स्टिकर नभई उच्च गुणस्तरको लेमिनेटेड, वाटर रेसिस्टेन्ट, टेम्परेचर रेसिस्टेन्ट, फेड रेसिस्टेन्ट, केमिकल रेसिस्टेन्ट, एब्राशन रेसिस्टेन्ट, स्ट्रङ्ग एडहेसिव, इजी पिलिङ्ग जस्ता विशेषताहरु रहेको छ ।

यो मेशिन सामान्यतया बिजुली बत्तीको काम गर्ने इलेक्ट्रिशियन, केबल/नेटवर्क वा इन्टरनेट प्रोभाइडर, टेलिकम्युनिकेशन अपरेटर, सिसिटिभी क्यामेराको काम गर्ने व्यक्तिहरु लगायत कारखाना, होटेल, हस्पिटल, हार्डवेयर पसल, अटोमोबाइल पार्टस् पसल, मेडिकलका साथै सबैजसो कार्यालयहरुमा प्रोफेशनल लेबलिङ्को लागि प्रयोग गर्न उपयुक्त छ ।
Brother TZ-Tape features

ब्रदरको स्मार्ट टेक्नोलोजीको आधारमा तयार पारिएको यस प्रडक्टको प्रयोग विधि निकै सरल छ । आवश्यकता अनुसार जुनसुकै बेला यो डिभाइसमा टाइप गरेर प्रिन्ट गर्न सकिन्छ । यदि जटिल किसिमको डिजाइन प्रिन्ट गर्नुपर्ने छ भने कम्प्युटरमा डिजाइन तयार गरेर यस डिभाइसमा डाउनलोड गरी प्रिन्ट गर्न सकिन्छ । यसमा १६४ वटा इण्डष्ट्रियल संकेतहरु समावेश गरिएको छ, जसलाई लेबल स्टिकरमा प्रिन्ट गर्न सकिन्छ । साथै आफ्नो कम्पनीको लोगो वा कुनै ग्राफिक्स प्रिन्ट गर्नु पर्योज भने पनि डिभाइसमा डाउनलोड गरेर सजिलै प्रिन्ट निकाल्न सकिन्छ ।

डिभाइससंगै यसको सफ्टवेयर, रिचार्जएबल ब्याट्री र एसी एडेप्टर पनि समाबेश गर्न सकिन्छ । यस डिभाइसबाट बारकोड पनि प्रिन्ट गर्न मिल्छ । यसमा रहेको एलसीडी स्क्रिनले ब्याट्री सकिन लागेको जानकारी पनि गराउँदछ भने अटो पावर अफ फिचरले ब्याट्री खपत कम गर्न मद्दत गर्दछ ।

Check Also

नेपालमा बनेको नेपाली साइकल

 सन् २००७ मा अमेरिकी नागरिक केलभ स्पेयर नेपाल आएका थिए,उनले काठमाडौँ देखि नजिकैक गाउँहरु घुम्ने …

ओटो फ्र्यांक सिरीजको पहिलो फोन ओटो फ्र्यांक डुअल बजारमा

नेपाली स्मार्टफोनको बजारमा ओटो नाम नौलोनै भएतापनि ओटो फोनले हालै बजारमा  फ्र्यांक सिरीजको पहिलो फोन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *