Home / Blog / मोदीको हिटमा ‘आइटी’

मोदीको हिटमा ‘आइटी’

narayan
नारायण न्यौपाने
naranneupane@gmail.com

प्राथमिक्तामा निकै तल रहेको सूचना प्रबिधिको क्षेत्र यसको महत्व दर्साउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र संबिधान सभामा वहााले गर्नुभएको संबोधन पर्खनु पर्‍यो । बहााले प्रस्तुत गर्नुभएको नेपाललाई समृद्घ बनाउन सकिने हिट (HIT) फर्मुलामा सूचना प्रबिधिको स्थानलाई सभाहलमा रहने नेपालका नेतृत्व बर्गले कत्ति बुझ्ने पर्यत्न गरे त्यो हेर्न र महसुुस गर्न पाइएलाकी नपाइएला त्यो हेर्न फेरि कति समय खर्चिनु पर्ने हो थाहा त छैन तर आगामी दिनमा यो क्षेत्र सम्भावना बोकेको क्षेत्र बन्नेमा बिस्वास गर्न सकिन्छ ।

छिमेकी राष्ट्र्र्रका प्रधानमन्त्रिको नेपाल भ्रमण भन्दा अगाडी हाम्रो देशका संचार माध्यममा धेरै क्षेत्रले स्थान पाए धेरै शब्दहरुले स्थान पाए तर सूचना प्रबिधिको क्षेत्रले कुनै स्थान पाएन नत यो कहिल्यै चर्चाको विषयनै बन्यो तर अहिले यो बिषयलाइ प्राथमिकतामा राख्न माग राख्नेहरु शिथिल हुनै लाग्दा फेरि केहि आषा र अभिलाषाहरु पलाएको आभाष भएको छ ।

narendra-modi-selfie_650_050114022117
बास्ताबमा अरुसंग माग्ने बानीनै परिसकेको हाम्रो संकृतीमा मोदीको भ्रमणमा ठुलै सुचीमा माग्नुपर्ने बिषय नबनेको सूचना प्रबिधिको क्षेत्र बौद्घिकताको स्थानमा कालान्तर सम्म समृद्घिको आधार स्तम्भ बन्ने बिषयममा भरपुर ज्ञान गराउन सफल रहेको आभाष भएको छ । विश्व मानचित्रमा नेपाललाई चिनाउन मात्र नभई आर्थिक समृद्घि तथा दिनहु श्रम बजारमा बिदेशिनु पर्ने बाध्यात्मक परिस्थितीलाई केहि हदसम्म समाधान समेत गर्न समेत सूचना प्रविधिको क्षेत्र कोषेढुङ्गा साबित हुन सक्छ ।

हाम्रो देशमा सूचना प्रबिधिको क्षेत्रमा काम गर्ने संघ संथा, व्यवसायिक फर्म, बिषेशज्ञ, व्यबसायी तथा प्रयोगकर्ताहरुका लागी समेत नरेन्द्र मो्दीको संबोधनमा यस क्षेत्रले पाएको स्थानले गर्दा केहि हौसला मिलेको छ । कृषी , पर्यटन , उर्जा ,शिक्षा ,स्वाथ्य जस्ता क्षेत्रका विषय बस्तुका सन्दर्भमा उठेका बिषय माथी धेरैको ध्यान केन्द्रित भएको छ ।मोदीका शब्दहरुमा अन्य क्षेत्रलाई समृद्द बनाउन सूचना प्रबिधिलाई माध्यम बनाउने बिषय भने निकै महत्वपुर्ण छ । स्याटलाइटको क्षेत्रिय प्रयोग र नेपाल डिजीटलमय भएको देख्न चाहने भारतको इच्छालाइ सकारात्मक रुपमा लिन सक्ने र मोदी हिट फर्मुलाको आत्मसात गर्दै यसलाई लागुगर्ने इच्छा शक्तिको नेतृत्वमा अभाव महसुस भइरहेको छ । हाम्रो देशमा इन्फरमेशन हाईवेको महत्व र नेपालको कनेक्टीभीटीको स्तरन्नोती र सूचना प्रबिधिमाथीको हाम्रो सम्भाव्यतालाई छिमेकी राष्ट त्यसमा पनि भारतका प्रधानमन्त्रीको सोचलाइ साच्चै नै सम्मान गर्नै पर्छ ।

” स्याटलाइटको क्षेत्रिय प्रयोग र नेपाल डिजीटलमय भएको देख्न चाहने भारतको इच्छालाइ सकारात्मक रुपमा लिन सक्ने र मोदी हिट फर्मुलाको आत्मसात गर्दै यसलाई लागुगर्ने इच्छा शक्तिको नेतृत्वमा अभाव महसुस भइरहेको छ ।”

globalization

धेरै शब्द र बिषयमा तालीको गडगडाहट पाएको मोदीका शब्दहरुमा सूचना प्रबिधि , आइ वे, डिजीटाइज्ड, स्याटलाइट , कनेक्टिभीटी शव्दहरुले सभासदहरुलाइ कतीको आकर्षित गर्‍यो त्यसको आम जनताले आभाष गर्न पाइयोस भन्ने लाग्छ । यस क्षेत्रको बिकास बिस्तार र प्रबद्र्दन बिना अव देश बिकास, आर्थिक क्रान्ति सम्भव छैन भन्ने हेक्का सबै सरोकारवालाहरुलाइ हुन जरुरी छ । त्यसैले आज देखिनै सूचना प्रबिधि लाई व्यबसाय र बिलाशिता मात्र देख्ने हाम्रो सोचमा परिवर्तन को आवश्यकता छ साथै यसको प्रयोग संगसंगै यस क्षेत्रको प्राथामीकता र यस क्षेत्रलाइ सहजिकरण गर्ने अथवा बढावा दिने सोचको बिकाश हुनु जरुरी छ ।

लेखक कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)का द्वितीय उपाध्यक्ष हुन् |

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *