Home / WordCamp Nepal 2014 / ‘वर्ड क्याम्प नेपाल २०१४’ मा प्रेजेन्टेसन, अन्तरक्रिया र वर्कशप लगायतका कार्यक्रम हुने

‘वर्ड क्याम्प नेपाल २०१४’ मा प्रेजेन्टेसन, अन्तरक्रिया र वर्कशप लगायतका कार्यक्रम हुने

 

नोवेम्बर २२ का दिन काठमाडौँमा संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने ओपेन सोर्स सफ्टवेर  वwordcamp1र्डप्रेस (WordPress) सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१४” को आयोजना हुने भएको छ | वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो | सन् २०१२ मा वर्डप्रेसका प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह, वर्डप्रेस नेपाल, द्वारा नेपालमा वर्डक्याम्प नेपालको पहिलो पटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ | एक तथ्यांक आनुसार झण्डै ५ मा १ वटा विश्वका वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

 

शनिबार ललितपुरको यलमाया केन्द्रमामा हुने यस कार्यक्रममा देश भरिका वर्ड प्रेसका राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती प्राप्त गरिसकेका १५० भन्दा बढि नेपाली विशेषज्ञहरु सामेल हुनेछन्। आयोजक समिति, वर्डप्रेस नेपालले जनाए अनुसार नेपालमा पनि अहिले बनिरहेका बहुसंख्य वेबसाईटहरु निर्माण गर्दा वर्डप्रेस प्रयोग गरिन्छ। काठमाडौँमा रहेका प्रबिधि सम्वन्धि काम गर्ने धेरै संस्थाहरुको सहयोग मै कार्यक्रम हुन लागेको आयोजक समितिले जनाएको छ।

 

यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुने अायोजकले दाबी गरेका छन्। सूचना प्रबिधिमा काम गरिरहेका संस्थाका  प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायीसँग भेटघाट हुने अवसर हुने भएकाले पनि आगामी दिन मा प्रबिधि सम्बन्धि काम गर्नु पर्ने आवश्यक सहयोग हुने आयोजक समितिले जनाएको छ |

camp2

कार्यक्रममा वर्डप्रेसका ९ विज्ञहरुले आफुले काम गरिरहेको क्षेत्रका बारेमा प्रेजेन्टेसन दिनेछन् भने २ वटा अन्तरक्रिया कार्यक्रम र २ वटा वर्कशप संचालन हुनेछ |अन्तरक्रिया कार्यक्रममा संचार माध्यमका लागि  वर्डप्रेस (WordPress for Media) तथा सरकारका लागि वर्ड प्रेस (WordPress for Government)  बिषय रहेकाछन् भने Contributing to WordPress/Theme Review  तथा WordPress Security विषयमा वर्कशप संचालन हुनेछ |

नेपालमा बिगत ४ बर्ष देखि लगातार बढ्दै गएको यस अोपेन सोर्स सफ्टवेएरको सन्जाल अहिले ३५०० भन्दा बढि सदष्यहरुले भरिएको छ र यसले नेपाललाई विश्वको सुचना प्रविधिको सफ्टवेयर क्षेत्रमा चिनाउन शसक्त भुमिका खेलिरहेको छ।

अाँउदा दिनहरुमा यस “वर्डप्रेस अोपेन सोर्स” प्रविधिले गर्दा नेपालकै सामाजिक, अार्थिक क्षेत्रमा पनि धेरै टेवा मिल्ने दाबी पनि वर्डप्रेसरहरुले गरेका छन्। वर्डप्रेस नेपालले वर्डक्याम्प सहित अन्य धेरै वर्डप्रेस सम्बन्धि विभिन्न चेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ | वर्डप्रेस सिकेर आफ्नो भबिष्य उज्वल बनाउन चाहनेहरुलाई समय समयमा वर्ड प्रेस सम्बन्धि तालिम र “वर्डप्रेस मिट “ पनि गर्दै आएको छ | विभिन्न सामाजिक संजाल जस्तै फेसबुक मार्फत पनि देश भर छरिएर रहेका वर्डप्रेस सिक्न चाहनेहरुलाई सहयोग पनि गर्दै आएको छ |camp4

वर्ड प्रेस नेपालले देशका विभिन्न सहरहरुमा पनि वर्डप्रेस नेपालको संजाल बनाउदै आएको छ भने कतिपय स्थान मा विद्यार्थीहरुले आफ्नै पहलमा वर्ड प्रेस सम्बन्धि कार्यक्रम गर्दै आएका छन् | वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ | प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ |कार्यक्रमको बारेमा पूर्ण जानकारीको लागि http://2014.nepal.wordcamp.org/ हेर्न सक्नु हुने छ |

 

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *