Home / Featured / विपीन (भस्मे)को टेक्नो लाइफस्टाइल

विपीन (भस्मे)को टेक्नो लाइफस्टाइल

तपाईंले नेपाली चलचित्र छड्केको ‘बिन्दु’, पशुपतिप्रसादको ‘भस्मे’ र जात्राको ‘फणीन्द्र’लाई पक्कै चिन्नुहुन्छ होला नै । वास्तविक अभिनय गर्ने एउटा कलाकार, जो अहिले चर्चाको शिखरमा छन् । तपाईंले हेरेका विभिन्न चलचित्रमा विभिन्न पात्रबाट चिनिएका कलाकार हुन्, विपीन कार्की ।
गुरुकुलका अन्तिम ब्याचका विद्यार्थी विपीनले अभिनयमा थुप्रै संघर्ष गरेका छन् । एक दशकसम्म थिएटरमा अभिनय गरेका उनले पछिल्लो समय फरक धारका चलचित्रमा फरक पात्रका रुपमा दर्शकमाझ बलियो छाप छोडेका छन् । मोरङ, विराटनगर स्थायी घर भएका कार्की कलाकारिताको भूत जागेर थिएटरमा प्रवेश गरेका हुन् ।

थुप्रै हन्डर खाए पनि संघर्षशील भएकै कारण उनी अहिले स्थापित कलाकारका रुपमा चर्चित छन् । अब दर्शकले उनलाई लुट २, लालपुर्जालगायत चलचित्रमा चाँडै देख्न पाउनेछन् । यसपटक हामीले उनै कलाकार विपीन कार्कीको टेक्नो लाइफस्टाइलबारे केही चर्चा गरेका छौं ।

bhasme2
१० वर्षअघिको याहु च्याट, अहिले फेसबुक र भाइबर

विपीन कार्की मात्र होइन, तपाईं–हामीले पनि त्यो समय याहु च्याटमा खुबै समय बिताउँथ्यौं । भलै, त्यो बेला हातहातमा मोबाइल र इन्टरनेट थिएन । तर पनि साइबर क्याफेहरुमा घन्टाका हिसाबले पैसा तिर्दै याहु इमेल र च्याटमा समय बिताउँथे विपीन । पहिलोपटक साइबरमै गएर ई–मेल खोलेका उनले अहिले फेसबुक, भाइबर, स्काइपको प्रयोग गर्छन् । त्यो बेला र अहिलेको प्रविधिमा आकाशजमिनकै फरक भइसकेको उनी बताउँछन् । अहिले हातहातमा मोबाइल र इन्टरनेट छ, विश्वकै साथी र ज्ञानका कुरा हातहातमै अटाउँछन् ।

दर्जनौ मोबाइल हराए, त्यत्तिकै उपहारमा पाए

विपीनलाई करिब २० ओटा मोबाइल हराएको सम्झना छ । पहिलोपटक नेपाल टेलिकमको प्रिपेड सिम लाइन बसेर लिएका उनले पानासोनिकको फोल्डिङवाला मोबाइल उपहारमा पाए । उनले अहिले सामसुङ ग्यालेक्सी स्मार्टफोन प्रयोग गरिरहेका छन् । उनलाई कम्युनिकेशन र कामका लागि मोबाइल प्रयोग गर्ने भएकाले धेरै परिवर्तन गरिरहन मन पर्दैन । यस्तो मोबाइल वा ग्याजेट्स प्रयोग गर्छु भन्ने उनलाई खासै केही छैन । अफिसमा काम गर्दा लेनेभोको ल्यापटप प्रयोग गर्छन्, त्यो पुरानो भएकोले फेर्ने सोचमा छन् उनी । मोबाइलमा मासिक करिब २ हजार खर्च हुन्छ ।

क्यान्डीक्रस खुबै खेल्थेँ

एक समयमा विपीन मोबाइलमा क्यान्डीक्रस गेम खुबै खेल्थे । उनले ९०० भन्दा बढी लेभल कटाएका थिए । ‘पशुपतिप्रसादमा भस्मेले खेलिरहेको क्यान्डीक्रस भने ९० लेबलको हाराहारीमा थियो,’ उनले रहस्य खोले ।

bhase3
वेबसाइट र एप बनाउने सोच

अहिले नै व्यक्तिगत वेबसाइट र मोबाइल एप बनाउने कुनै योजना छैन विपीनको । तर फ्यान वा शुभचिन्तकले प्रस्ताव गरे त्यसमा विचार गर्ने उनको भनाइ छ । प्रचारप्रसारभन्दा पनि काम र मेहनतमा विश्वास गर्ने भएकाले अहिले काममा जोड दिएको र केही समयपश्चात् एप वा वेबसाइट बनाउने सोचमा रहेको उनले बताए ।
उनको फेसबुक पेज अरुले नै बनाइदिएका हुन् । अहिलेसम्म साइबर क्राइमका कुनै झन्झट उनले बेहोर्नुपरेको छैन । समयसमयमा सेल्फी खिच्न मन पराउने उनी धेरै समय आफ्नो काम, सुटिङ र घरको व्यापारमा समय दिन्छन् । ‘प्रविधिले नै गर्दा हाम्रो समाज र जीवनशैली परिवर्तन भइरहेको छ,’ उनले भने, ‘मेरो जीवन पनि प्रविधि, मोबाइल र इन्टरनेटविना अधुरो हुन्छ ।’

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *