Home / CAN SofTech 2014 / सकियो सुबिसु क्यान सफ्टेक २०१४

सकियो सुबिसु क्यान सफ्टेक २०१४

 

सुचना प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गरेको सुबिसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपी मेलाको सातौा संस्करण आइतबार भब्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा चार दिनदेखि जारी मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । मेलाको आज अन्तिम दिन अवलोकनकर्ताहरुको निकै भिड लागेको थियो ।

can1

सुविसु क्यान सफ्टेकको संविधानसभाका अध्यक्ष सम्माननीय सभामुख सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नु भएको थियो । मेलाको नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, जापानका राजदुत महामहिम मासासी ओगावा, मन्त्री परिषद्का तत्कालिन अध्यक्ष खिलराज रेग्मी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा लगायतले अवलोकन गर्नु भएको थियो ।
सफ्टेकको यो सातौा संस्करणको शिर्ष प्रायोजक सुविसु केवलनेट प्रालि, एसोसियट स्पोन्सर नियो इआरपी, डाइमण्ड स्पोन्सर नेपाल टेलिकम, सिल्भर स्पोन्सरहरु इरासफ्ट सोलुसन प्रालि, जिल इन्टरप्राइजेज प्रालि, इ–जोन इन्टरनेशनल प्रालि र प्रिन्ट स्पोन्सर सागर इन्फोसिस रहेको थियो ।

touchkon

सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीमा सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस, अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । यसै गरी मेलामा इन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धी सेवा, सेक्युरिटी सोलुसन्स, वायरलेस सोलुसन्स, प्रिन्टिङ सोलुसन्स, पावर सोलुसन्स र ट्याब्लेटहरुसाग सम्बन्धित स्टलहरु पनि रहेका थिए । सफ्टेकमा सहभागि कम्पनीहरुले आफ्नो उत्पादनहरुमा छुट र विभिन्न अफरहरु सार्वजनिक गर्ने भएकाले पनि अवलोकनकर्ताहरुको विशेष चासो र आगमन बढेको पाइयो ।

ict1

क्यान सफ्टेकको अवसर पारेर सूचना प्रविधि समाज (आइटीएस) ले ‘इम्पावरिङ युथ इन आइसिटी’ शिर्षकमा सेमिनार आयोजना गरेको थियो । त्यसैगरी सुविसु र क्त्तब् भ्लतजगकष्बकत सागको सहकार्यमा ुध्भद क्भअगचष्तथु सम्वन्धी सेमिनार पनि आयोजना गरिएको थियो । यसैबीच कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाल ग्रिनआइटी सोलुसन्स प्रालिसागको सहकार्यमा आगामी मंगलबार २ बजे होटल र्‍याडिसनमा ‘भच्र्युलाईजेसन वर्कसप’ को आयोजना गरिने भएको छ । ५ वर्षअघि ४० वटा स्टलबाट सुरु भएको क्यान सफ्टेक अहिले १ सय ४२ स्टलमा विस्तार भएको छ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *