Home / CAN SofTech 2014 / सातौ संस्करणको ‘सुबिसु क्यान सफ्टेक २०१४’ सुरु

सातौ संस्करणको ‘सुबिसु क्यान सफ्टेक २०१४’ सुरु

सातौ संस्करणको सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीको औपचारिक कार्यक्रम गर्दै आजदेखि भव्यरुपमा प्रारम्भ भएको छ । संविधानसभाका अध्यक्ष सम्माननिय सभामुख सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नु भएको सातौं क्यान सफ्टेक आगामी आइतबार ( भाद्र २६ देखि २९ तदनुसार सेप्टेम्बर ११ देखि १४, २०१४) सम्म संचालन हुनेछ ।

 

पाँचौ संस्करणसम्म त्रिपुरेश्वरस्थित डिइसिसिको हलमा आयोजित सफ्टेक गतवर्षदेखि भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन थालेको हो । प्रारम्भका ५ वर्ष ४० वटा स्टलमा सिमित क्यान सफ्टेक गतवर्ष १ सय २० स्टलमा विस्तारित भएको थियो । यो वर्ष १ सय ४२ स्टल मेलामा छन् । सूचना तथा संचार प्रविधिको क्षेत्रमा विकास भएका नविनतम् सºटवयेर,सर्भिस र कम्यूनिकेशनका प्रविधि र उपकरणहरु बजारमा उपलब्ध स्मार्टफोन र एप्लिकेशन, नयाा जेनेरेशनका ल्यापटप  र त्यसमा प्रयोग हुने सर्भिस हरु एकै ठाउमा क्यान सफ्टेक मार्फत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

उद्घाटन समारोहमा बोल्दै सम्माननिय सभामुख नेम्बाङले सूचना तथा संचारप्रविधिको क्षेत्रको विकास, विस्तार तथा प्रबद्र्धनका निम्ती आफु र गरिमामय संविधानसभाले सक्दो सहयोग गर्ने बताउनुभयो । सफ्टेकको आयोजनाले प्रविधिमैत्री सेवाहरुलाई प्रोत्साहन गरेको बताउदै सभामुख नेम्बाङले यसप्रकारको मेलाले प्रविधि प्रयोकर्ता, उद्यमी, अन्वेशक, सेवा प्रदायक र यससम्बन्धी चासो राख्ने विद्यार्थी लगायत सरोकारवाला सबैलाई प्रत्यक्ष लाभ मिल्ने बताउनु भयो ।

softech logo
उद्घाटन समारोहमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सूचना तथा संचारप्रविधि क्षेत्रको विकासलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल सरकारको स्वामित्वमा निर्माण सम्पन्न भई हालसम्म संचालनमा आउन नसकेको काभ्रे पनौतिस्थित देशको एकमात्र सूचना प्रविधि पार्कलाई व्यवस्थित तथा दिर्घकालिन संचालनका निम्ती प्रकृया अघि बढाइएको पौडेलले बताउनुभयो ।

समारोहमा क्यानका अध्यक्ष विनोद ढकालले सफ्टेकको सातौं संस्करणको परिचय दिदै निजिक्षेत्रको तर्फबाट सूचना प्रविधिको विकासका निम्ती प्रविधि प्रयोगकर्तालाई प्रविधि मैत्री बनाउन आइटी मेलालाई निरन्तरता दिदै आएको बताउनुभयो ।

सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीमा सफ्टवेयर, कम्प्यटुर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस, अस्पताल व्यवस्थापन लगायतका सफट्वेयर छन् । सेवा सम्बन्धी क्षेत्रमा इन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धी सेवा, त्यस्तै सोलुसन्सको क्षेत्रमा सेक्युरिटी सोलुसन्स, वायरलेस सोलुसन्स, प्रिन्टिगं सोलुसन्स, पावर सोलुसन्स र विभिन्न एप्लिकेसन सहितका ट्याब्लेटहरुसँग सम्बन्धित स्टल छन् । कम्प्युटर र सूचना तथा संचारप्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटप सहितका स्टलहरु यसपटक थप गरिएका छन् । सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपी मेला अवलोकनका निम्ती सर्वसाधारणलाई प्रवेश शुल्क रु. ५० र विद्यार्थीहरुलाई रु. २५ रुपैयाँ तोकिएको छ ।
सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो इआरपीको अवसरमा विभिन्न कम्पनीहरुले स्कीम तथा छुट कार्यक्रम संचालन गरेका छन् । टाइटल स्पोन्सर सुविसुले इन्टरप्राइज र रिटेल ग्राहकका लागि विभिन्न सेवा र सर्भिसमा स्कीम कार्यक्रम संचालन गरेको छ भनें नियो इआरपीले आफ्ना सफ्टवेयर ट्याब्लेटमा छुट दिएको छ । मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले रिम, सिम र इभिडियोमा अफर ल्याएको छ । यस्तै क्यास्परस्की एन्टिभाइरसमा विशेश छुट प्रदान गरिएको छ । मेलामा टचकोनको अक्टाकोर स्मार्टफोन सार्वजनिक भएको छ ।

प्रेष्टिजिओको स्मार्टफोनमा नयाँ अफरहरु सार्वजनिक गरिएको छ । यस्तै कलर्सका स्मार्टफोन र ट्याब्लेटहरु पनि सार्वजनिक भएको मेलामा मिदास टेक्नोलोजीले अवलोकनकर्तालाई निशुल्क मिदास सफ्टवेयर वितरण गरिएको छ । डिजिकमका जिङ्क सेरिजका वायरलेस राउटर पनि मेलामा छुट मुल्यमा उपलब्ध छन् । क्यान सफ्टेककै अवसर पारेर वेब सेक्युरिटी, शिक्षण संस्था र उद्योग बिचको खाडल न्यूनिकरण, ई–एजुकेसन र भर्चुलाइजेसनमा सेमिनार हुनेछ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *